वैशाख २५ गते २०८१
पोखरा थिएटरमा कवितामा नाटक मञ्चन
पोखरा थिएटरमा यतिबेला नाटक मजदुर मार्ग मञ्चन भईरहेको छ । गत वैशाख १९ गते मजदूर दिवसको अवसर पारेर नाटकको मञ्चन सुरु गरिएको थियो।
कवि राजु स्याङ्तानको ओ पेङदोर्जेमा समाबेश चार कवितालाई नाटकमा प्रस्तुत गरिएको छ। तामाङ समुदायको परिवेश झल्काउने नाटकमा सेट डिजाईन र कबिताको भावलाई निर्देशकिय कलाले रंगमञ्चमा गज्जब संग उतारिएको छ । उसो त संगित र प्रकाश संयोजनले नाटकलाई थप मुहुर्तरुप दिएको छ । बिभिन्न ठाँउमा कबिता मञ्चन हुदै आए पनि पोखरा थिएटरले कबितालाई नै लिएर नाटक तयार पारेर नयाँ शैलीको प्रयोग गरेको देख्न सकिन्छ ।
यो प्रयोग संभवत नेपालमा नै पहिलो भएको थिएटरका कार्यकारी निर्देशक परिवर्तन बताउछन् ।नाटकमा मजदूरको आरोह अवरोह संगै परिवारको कथालाई गहिरो रूपमा विम्बात्मक तरीकाले देखाइएको छ। जुन कारुणिक दृष्यले दर्शकको आँखामा आँशु रसाउँछन् । नाटकको परिकल्पना तथा निर्देशन नारायण न्यौपानेले गरेका हुन्।
नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सनीता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेले अभिनय गरेका छन्। प्रकाश परिकल्पना र परिचालनको जिम्मेवारी मिलन श्रेष्ठले निभाएका छन् ।
कविताबाट बनेको नाटकलाई दर्शकले निकै मन पराएका छन्। नाटक ‘मजदूर मार्ग’ वैशाख २९ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।