वडा स्तरीय नाटक प्रतियोगीतामा तारे बराह विद्यालय प्रथम
रमेश तिमल्सिना पोखरा ,४ साउन । मुख स्वास्थ्य सम्बन्धी वडा स्तरीय नाटक प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । जिभाय संस्था नेपालको आयोजनामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८को समन्वय र पोेखरा थिएटरको सहकार्य रहेको थियो । कार्यक्रम कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं. ८ ठाँटीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भएको हो ।
विहान बेलुकाखाना खाईसकेपछी फ्लोराईडयूक्त मञ्जनले दाँत माझ्ने गरौं, दाँत तथा मुख सम्बन्धी समस्याबाट बचौं भन्ने नारा सहित आयोजित प्रतियोगितामा वडाका सात वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।सहभागी मध्ये ६ विद्यालयले नाटक मञ्चन गरेका थिए ।मुख स्वास्थ्य परियोजना अन्र्तगत विद्यालय ब्रसिङ कार्यक्रममा आधारभूत तहका कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
नाटक प्रस्तुत गर्दै कलाकारहरु
जसमा तारे बराह आधारभूत विद्यालय प्रथम, हरीप्रसाद आधारभूत विद्यालय दोश्रो, अन्नपूर्ण आधारभूत विद्यालय तेश्रो र बमबहादुर घलेल आधारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गर्न सफल भए। प्रतियोगिताको निर्णायकमा पोखरा थिएटरका प्रशिक्षक एवं कलाकार रमेश तिमल्सिना, अञ्जु दाहाल र सोनिया कार्की खत्रीे रहनु भएको थियो ।
पुरस्कार ग्रहण गर्दै विजयी कलाकारहरु
वडा नं. ८ का वडा अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन भएको कार्यक्रममा वडा नं.८ का वडा सदस्यचोकप्रसाद दाहाल, जिभाय नेपालका कार्यकारी निर्देशकलाउरा स्टेरो,संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सम्झना शर्मा र स्वाथ्य शाखा प्रमुख गोविन्द प्रसाद आर्चाय समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिभाय नेपालका कार्यक्रम संयोजक श्रीधर आचर्यले राख्नु भएको थियो ।कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख लक्ष्मण प्रसाद दाहालले गर्नु भएको थियो ।
स्वागत मन्तव्य प्रस्तुत गर्दे जिभाय नेपालका कार्यक्रम संयोजक श्रीधर आचर्य
भाद्र २५, पोखरा खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर...
Read More
समय दृष्टि काठमाडौं, भदौ २६ झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ। आज बिहान...
Read More
कमल पौडेल अथक पोखरा ७, भदौ पोखरा १८ भकुण्डेमा रहेको नेपा मिनरल वाटर उद्योग प्रालिमा बुधवार बजार अनुगमन समितिले शिलबन्दी गरेको छ । उद्योगले उत्पादन गरी बजारमा विक्री गर्दै...
Read More
इटहरी,०९ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति...
Read More