वडा स्तरीय नाटक प्रतियोगीतामा तारे बराह विद्यालय प्रथम
रमेश तिमल्सिना पोखरा ,४ साउन । मुख स्वास्थ्य सम्बन्धी वडा स्तरीय नाटक प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । जिभाय संस्था नेपालको आयोजनामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८को समन्वय र पोेखरा थिएटरको सहकार्य रहेको थियो । कार्यक्रम कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं. ८ ठाँटीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भएको हो ।
विहान बेलुकाखाना खाईसकेपछी फ्लोराईडयूक्त मञ्जनले दाँत माझ्ने गरौं, दाँत तथा मुख सम्बन्धी समस्याबाट बचौं भन्ने नारा सहित आयोजित प्रतियोगितामा वडाका सात वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।सहभागी मध्ये ६ विद्यालयले नाटक मञ्चन गरेका थिए ।मुख स्वास्थ्य परियोजना अन्र्तगत विद्यालय ब्रसिङ कार्यक्रममा आधारभूत तहका कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
नाटक प्रस्तुत गर्दै कलाकारहरु
जसमा तारे बराह आधारभूत विद्यालय प्रथम, हरीप्रसाद आधारभूत विद्यालय दोश्रो, अन्नपूर्ण आधारभूत विद्यालय तेश्रो र बमबहादुर घलेल आधारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गर्न सफल भए। प्रतियोगिताको निर्णायकमा पोखरा थिएटरका प्रशिक्षक एवं कलाकार रमेश तिमल्सिना, अञ्जु दाहाल र सोनिया कार्की खत्रीे रहनु भएको थियो ।
पुरस्कार ग्रहण गर्दै विजयी कलाकारहरु
वडा नं. ८ का वडा अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन भएको कार्यक्रममा वडा नं.८ का वडा सदस्यचोकप्रसाद दाहाल, जिभाय नेपालका कार्यकारी निर्देशकलाउरा स्टेरो,संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सम्झना शर्मा र स्वाथ्य शाखा प्रमुख गोविन्द प्रसाद आर्चाय समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिभाय नेपालका कार्यक्रम संयोजक श्रीधर आचर्यले राख्नु भएको थियो ।कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख लक्ष्मण प्रसाद दाहालले गर्नु भएको थियो ।
स्वागत मन्तव्य प्रस्तुत गर्दे जिभाय नेपालका कार्यक्रम संयोजक श्रीधर आचर्य
काठमाडौं,१७ बैशाख । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा...
Read More
पोखरा कार्तिक १गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ । शनिबार...
Read More
बुटवल ,२६ वैशाख । । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले...
Read More
काठमाडौँ, असार २० । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने...
Read More