कार्तिक २८ गते २०८०
पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । पाउँदुर पुरानो मैदान स्थित बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि गठन गरेको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर केसीको अध्यक्षता भएको सो कार्यक्रम गण्डकी प्रदेश सरकार शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उप–सचिव घनश्याम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको नृत्य प्रतियोगितामा लक्ष्मी आधारभूत बिधालयका छात्रा करिना पौडेल प्रथम, पाउदुर आधारभूत बिधालयका छात्रा पुजा बिक द्वित्तिय, बाल ज्योतिआधारभूत बिधालयका छात्रा सबिना अधिकारी तृत्तिय र बालमन्दिर मा बिका छात्र कुश पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
प्रमुख अतिथी शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उप–सचिवन घनश्याम पौडेलले अहिलेको समय डिजिटल युग भएकोले बिद्यार्थीलाई प्रबिधी मैत्री बाताबरणमा अध्ययन अध्यापन गराउनुपर्ने, शिक्षाकहरु पनि यसमा अभ्यस्त हुनुपर्ने बताए । उनले प्रतिबेदन र प्रस्तावहरु बिना सहयोग र कार्यक्रम माग गर्न नसकिने भन्दै समय अनुसार आफुलाइ पनि स्तरोन्नति गर्दै लैजानु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका निवर्तमान अध्यक्ष युवराज कुँवर, शिक्षाप्रेमि भेषराज पौडेल, कुल बहादुर गुरुङ कुलु, लगाएतले लक्ष्मी आधारभूत बिधालय अन्य बिधालयको तुलनामा अब्बल रहेको अझ उचाईमा पुर्याउन सबैलाई आग्रह गरेका थिए । पूर्व बिधार्थीहरू उज्ज्वल पौडेल, छबिराज पौडेल, सन्देश पौडेल, लोकनाथ पौडेल, डा.लक्ष्मी पौडेल, अन्नपूर्ण–३ का वडा सदस्य समेत रहेका कृष्णप्रसाद पौडेलले बिधालय स्थापना कालको सम्झना गर्दै आफुहरूले परालको थर्कटीमा काठको मुढामा बसेर पढेको स्मरण गर्दै बिधालय र शिक्षकहरुले आफुलाइ दिएको प्राथमिक शिक्षाको जग बलियो भएकोले नै विभिन्न क्षेत्रमा सफलहुन सकेको बताउदै विद्यालयको गरिमा बढाउन हर तरहबाट सहयोग गर्ने बताए ।
कार्यक्रममा पूर्व बिद्यार्थी, पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षकहरुले बिद्यालय प्रतिको आफनो अनुभव
साटेका थिए । यसै अवसरमा बिद्यालय स्थापना देखी हालसम्मका केही ऐतिहासिक दृष्य सहितको बिद्यालयबारे बनाइएको सानो बृतचित्र समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा बिधालयको बिकासमा महत्वपूर्ण भूमिका खेलेका अक्षयकोष दाताहरुलाई सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिधालयका प्रधानाध्यापक टंक प्रसाद भण्डारीले बिधालयको प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक प्रमिला बराल पौडेलले स्वागत र शिक्षक तारानाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा १३ सदस्यिय पूर्व बिधार्थी मंचको गठन गरिएको थियो । मञ्चका अन्य सदस्यहरुमा उपाध्यक्ष डा लक्ष्मी पौडेल, सचिबमा सन्देश पौडेल, सहसचिव लोकनाथ पौडेल, कोषाध्यक्ष परशुराम पौडेल“दिपक” चयन भएका र्भए भने सदस्यहरुमा शिबकुमार पौडेल, सन्जिता पौडेल, उज्ज्वल पौडेल, ऋषिराम पौडेल, जतिन परियार, प्रेम प्रसाद अधिकारी, नारायण प्रसाद पौडेल “नयन” र दिपक भुजेल रहेका छन् ।
बिद्यार्थी पुनर्मिलन कार्यक्रमका संयोजक शिबकृष्ण पौडेलले नयाँ गठित समितिलाई बधाई दिदै आउँदा दिनमा अझै बढी हातेमालो र सहकार्य गर्नुपर्ने, समयसगै बदलिएको शैक्षिक आबश्यकतामा काम गर्न शुभकामना दिएका थिए । साथै पुनर्मिलन कार्यक्रममा अभिन्न अङ्ग भएर लाग्नुहुने सबै धन्यवादको पात्र भएको, सबैको साथ र सहयोगको कारण कार्यक्रम अत्यन्त सफल भएकोमा सरोकारवाला सबैलाई धन्यवाद दिइएको थियो।
बिक्रम सम्बत २०४९ मा स्थापना भएको यस बिद्यालय पाउदुर गाउको पश्चिमीभाग अधेरी खोला सामुदायिक बनसग जोडिएको छ । यस बिद्यालय शुरुका ३ वर्षसम्म स्थानिय स्तरबाट खासगरी अधेरिखोला सामुदायिक बनको आयश्रोतले चलाइएको थियो । २०५२ मा नेपाल सरकारबाट स्विकृत पाएपछी थप शिक्षक र कुशल ब्यावस्थापन सहित बिगत ३१ वर्ष देखी यस क्षेत्रकै एक उत्कृष्ठ नमुना स्कुलको रुपमा सञ्चालन हुदै आएको छ ।
खालि चौरमा स्थानिय स्तरबाट महत्वपूर्ण पहलकदमीले शुरुभएको यस बिद्यालयको बिगत देखी बिद्यालय ब्यावस्थापन समितिको महेनत र परिश्रमले बिद्यालयले राम्रो शिक्षा दिन सकेको छ । यसमा बिभिन्न दातृ संस्थाहरु तथा ब्यक्ति र सामाजिक पहलहरुले पनि सरसहयोग भैआएको छ ।
स्थानियको सक्रियता र सामुहिकताले स्थापना भएका यस्ता शैक्षिक तथा सामाजिक संस्थाहरुमा भौतिक तथा योजनाबद्ध बिकास गर्न सके सरकारी बिद्यालयले पनि निजी सरह उच्च गुणस्तरिय लगनशिल बहुप्रतभाका बिद्यार्थी उत्पादन गर्न सक्ने र समाजलाई सकारात्मक दिशा तर्फ डोह्याउन सक्ने उदाहरण यस लक्ष्मी आधारभूत बिद्यालयले देखाएको छ ।