कार्तिक २ गते २०८०

अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक

नेपालीहरुको महान चाड दशै तथा तिहार जस्ता पर्वहरुको अवसरमा बजारमा हुने मुल्यबृद्धि तथा कृतिम अभाव र कालोबजारी रोक्न कास्कीको अन्नपूर्ण गाउपालिकाले बजार अनुगमन गरेको छ । साथै बजार अनुगमनको क्रममा बिक्रीको लागि राखिएको खाद्यपदार्थको गुणस्तर तथा उपभोग मिति समेत अनुगमन गरि खराव वा मिति सकिएका खाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गर्ने कार्य समेत गरेको छ ।
गाउपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्रीको संयोजकत्वको टोलीले गाउपालिकामा रहेका रेष्टुरा, किराना पसल तथा अन्य खाद्य बिक्री केन्द्रहरुको अनुगमन गरेको थियो । चाडबाडको बेला पारेर सामानहरु कृतीम अभाव श्रृजना गरि महड.गोमा बिक्री गर्ने तथा अखाद्य बस्तुको बिक्री, कालोबजारी जस्ता गैरकानूनी क्रियाकलाव रोक्न अनुगमन सम्बन्धी कार्यबिधी २०७४ अनुसार गाउपालिकाले बजार अनुगमन गरेको हो ।
अन्नपूर्ण गाउपालिका १ र २ मा पर्ने नागडाडा बजार, सिम्पाली, पाउदुर लगायत अन्नपूर्ण ५ स्थित नयापुलको बजार क्षेत्र र हाइवे वरपर रहेका रेष्टुरेन्ट, किराना पसलको अनुगमन गरिएको थियो । नयापुल बजारमा अनुगमन गर्दा म्याद सकिएका बियर तथा अन्य पेय पदार्थ, दालमोट, नम्किन, मुस्ली, पिठो, साबुन, सस, मसला, घिउतेल लगाएतका सामाग्री भेटिएकाले अनुगमन निर्देशिका २०७४ को दफा ९ बमोजिम बरामद गरि स्थानिय बासिन्दा, बजार क्षेत्र प्रतिनिधीको रोहबरमा अनुगमन टोलीले यस्ता अखाद्य बस्तु नष्ट गरेको थियो ।
प्राय किराना पसल र रेष्टुरेन्टमा म्याद गुज्रेका सामान तथा खाद्य पदार्थ भेटिएको र प्रथम पटक स्वय ब्यावसायीलाई नष्ट गर्न भनिएको साथै सो नगरेको पाइएमा फेरी अनुगमन टोली आएर नष्ट गर्ने चेतावनी समेत दिइएको कुरा अनुगमन टोलीका संयोजक क्षेत्रीले जनाउनु भयो । साथै केही पसलहरुको पसल नविकरण समेत मिति सकिएको पाइएको र कर चुक्ता गर्न लिखित चेतावनी दिइएको पनि जानाकारी गराउनुभयो । उहाका अनुसार बिगतमा जस्तो म्याद गुज्रिएका सामान धेरै नभेटिए पनि मुल्यको असमानता र बजारमा हुनसक्ने शंकास्पद गतिबिधी रोक्न यसरी अनुगमन गर्नुपरेका समेत बताउनुभयो ।
गाउपालिका अध्यक्ष बिष्णु बहादुर के.सीलको निर्देशनमा भएको सो अनुगमन कार्यमा वडाको अध्यक्ष तथा जनप्रतिनिधीहरुको पनि साथ र सहयोग प्राप्त भएको थियो ।
उपभोक्ताको हितका लागि कानूनत ब्यावस्था भएको ५ सदस्य बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वमा गाउपालिकाको राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानिय प्रहरी चौकीका प्रतिनिधी र एक जना पत्रकार रहने ब्यावस्था कानूनमा छ ।