भाद्र २० गते २०८०
फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन
पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको कार्यक्रम राखेको थियो । पोखराको शिक्षा क्षेत्रका ज्योती तथा आदरणिय गुरु जर्ज जोनबाट बिमोचित सो पुस्तक लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर बिश्वरत्न शाक्यको ३२ औ कृति हो ।
यसैगरी सोही समारोहमा फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज बैबाहिक फोटोग्राफी पुरस्कार समेत बितरण गरेको थियो । १८४ औ बिश्व फोटोग्राफी दिवशको अवसरमा घोषणा भएको नेचर एण्ड लैण्डस्केप फोटोप्रतियोगिताका ५० फोटोग्राफरहरुका १५० फोटोहरु संलग्न भएका थिए । प्रतियोगितामा संलग्न फोटोहरुमध्यबाट रोहित गिरीको फोटो सर्वोकृष्ठ ठहरिएकोले रु १० हजार राशीको पुरस्कार प्राप्त गरेका थिए । अन्य ५ जना उत्कृष्ठ छनोटमा परेकाहरुलाई नगद रु २ हजारको दरले पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । यस्तैगरी मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कारकालागि प्रतिपर्धामा आएका १५० फोटोग्राफरहरुका १२ सय फोटोहरुबाट ५ फोटोहरुलाई छनोट गरिएको थियो । यस बैबाहिक फोटो तर्फ पर्वतका बिजय शर्माको फोटो सर्वोउत्कृष्ठ ठह्रिएको छ भने उनले रु १५ हजार ५५५ राशीको पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य ५ जना उत्कृष्ठमा परेकाहरुलाई पनि पुरस्कार साहित प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शिक्षाबिद गुरु जर्जजोन सरले आफुले २०१७ साल तिर देखेको पोखरा र त्यसैताका पोखराको फोटोग्राफीलाई नजिकबाट हेर्नुको साथै केही प्राबिधिक ज्ञानको सरसहयोग गरेको प्रसंग उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा कृतीका लेखक र उहाको कृतीबारे पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले चर्चा गर्नु भएको थियो । कृतीका लेखक बिश्वरत्न शाक्यले कोभिडको बिषम परिस्थितीमा घर भित्रमात्र रहनुपर्ने बाध्यता बिच रचना तयार गरेर पोखराको फोटोग्राफी र समग्र आफ्नो फोटोग्राफी जिवनयात्राबारे पुस्तक मार्फत बाहिर आएको उल्लेख गरेका थिए । कृतिका लेखक बिश्वरत्न शाक्यले सो पुस्तकको बिक्री बाट आउने रु ४ लाख बराबरको अक्षयकोष फोटोग्राफर संघ गण्डकीलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।
फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर केसीले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले कार्यक्रममा शुभकामना सन्देश दिदै फोटोग्राफर संघ गण्डकीले आफ्नो पेशागत साथिहरु बिच फोटोप्रतियोगिता मार्फत दक्षताबृद्धिका बिबिध कार्यक्रम गरेर फोटोग्राफरको हित गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोबिन्द सुबेदी, कैलाश बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष षडानन्द अधिकारी, काठमाण्डौ फोटोग्राफर संघका अध्यक्ष दिगम्बर राजबंशी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल , मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी अवार्डको अक्षयकोषदाता भक्त तामाड., लगायतले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुबाट जिल्ला संयोजक तथा प्रतिनिधीहरु उपस्थित रहेका थिए । पुरस्कृत ब्यक्तित्वको तर्फबाट बिजय शर्मा ले आफ्नो मन्तब्य राखेका थिए भने जुरीको तर्फबाट कृष्णमणी बराल आफ्नो भनाइ राखेका थिए ।
फोटोग्राफर संघ गण्डकीका सचिव तुल्सीराम सुबेदीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।
मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी प्रतियोगिताका ५ बिधाका उत्कृष्ठहरु
बेष्ट मोभमेन्ट देबेन्द्र मण्डारी
कलर एण्ड रिटचीड. निरोज भण्डारी
कल्चरमा साहिल तिवारी
हेडसट दिवश बराल
बेष्ट कप्पल पोजिड. पुरन थापा
नेचर एण्ड लैण्डस्केपमा उत्कृष्ठ ५ हरु
प्रेम श्रेष्ठ, सजिनमणी पौडेल, अनिल कार्की, राकेश गुरुड. ।