असार २३ गते २०८२

७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)

२३ असार, गोरखा
गाउँनै सखाप हुने गरि आएको बिनासकारी भुकम्पले बस्ती नै सखाप त पार्यो नै ७२ जना ले भुकम्पमा परि ज्यान गुमाएका थिए गोरखाको बारपाकमा । गोरखाको उत्तर पश्चिममा अवस्थित बारपाक ०७२ बैशाख १२ को भुकम्पको केन्द्र बिन्दु हो। अहिले भुकम्प गएको पनि १० बर्ष पुगिसकेको छ। तत्कालिन समयमा भुकम्पले एक हजार चार सय घरमा क्ष्ति पुर्याएको थियो । बुद्ध हिमालको काखमा रहेको यो गाउँ दुई हजार तीन सय मिटर उचाइमा छ। घले गुरुङ र दलित समुदायको बसोवास रहेको बारपाकमा विकासका पूर्वाधारको विस्तार भइरहेका छन्। यहाँ २०४८ सालदेखि नै विजुली बलेको रहेछ स्थानीय युवा बीरबहादुर घलेले स्थानीय खोलाबाटै विजुली उत्पादन गरेर गाउँ झिलिमिली बनाएका रहेछन। बिकासको क्रम संगै बारपाकसम्म कालोपत्रे सडक पुगेको छ। घरघरै खानेपानीको पहुँच पुगेको छ । गाउँले मुहार फेरेको छ भुकम्पले बनाएको घाउ बिस्तारै सेलाउदै गएको छ ।
भुकम्प पछि बारपाकले मौलिकता भने गुमाएको छ। ढुंगा र काठले छाएका यहाँका घर भुकम्पले पूर्ण रुपमा क्षति बनाएपछि सरकारले ३ लाखका दरले दिएको अनुदान रकम लिएर बारपाकीले आरसिसि वर्णका घर बनाएका छन। अचेल बारपाक कुनै कंक्रिट शहर भन्दा कम देखिदैन ।
जस्तोसुकै पिडा सहेर पनि बारपाक बिस्तारै उठ्ने क्रममा छ पर्यटकिय हिसावले सुन्दर छ । भुकम्पको केन्द्र बिन्दु भएकोले अध्ययन र खोजमुलक पर्यटन बिकासको प्रचुर सम्भावना रहेको छ ।