कार्तिक २३ गते २०८०
करबाकेली काब्य यात्रा
जिएस नेपाली
वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ ।
काफलडाडामा बि सं २०६५ पछी बनाइएको पुन समुदायको कुलदेवता कारबकेली बाबाको मन्दिर र सोही परिसरको संग्राहलय तथा सामुदायिक भवनको प्राड.गढमा काठमाण्डौ, पोखरा लगायतका स्थानबाट आएका कवी, साहित्यकार, लेखक, पत्रकार र पर्यटन क्षेत्रका अगुवाहरुको उपस्थितीमा बिबिध सास्कृतिक कार्यक्रम सहित काब्य बाचन भएको हो ।
स्थानिय कलाकार र गाउका आमा बुबाहरुबाट परम्परागत नाच, गायन र बिबिध सास्कृतिक कार्यक्रम भएको थियो । काब्य यात्रामा काठमाण्डौ देखी आउनुभएका कवी, लेखक तथा साहित्यकारहरु अभय श्रेष्ठ, हेमन्त बिवश, कुमारी लामा, अनुपमा रोसी, प्रभा बराल, प्रगती राई, पत्रकार राजकुमार गजुरेल, सुरेन्द्र राना, पर्यटन ब्यावसायी तथा साइकल यात्री दिनेश नारायण श्रेष्ठ, गोपाल श्रेष्ठ, रञ्जन राजभण्डारी, फोटो तथा भिडियोग्राफर भवानी सिल्पकार, राजकुमार सेडाई, दमौलीबाट कवी एवं गितकार सागर उदास र पोखराबाट पर्यटन ब्यावसायी तथा भिटफ नेपालको पूर्व अध्यक्ष तारा पहारी र पत्रकार घनश्याम पौडेल ले आआफ्ना रचनाहरु, करकाबेली र सो काब्ययात्राको बारेमा आफ्ना भनाइहरु राखेका थिए । साहित्यिक र सास्कृतीक माहोलले काफलडाडाको करकाबेली मन्दिर परिसर निकै रोमाञ्चक बनेको थियो । कार्यक्रमको संयोजन स्थानिय समाजसेवी तथा भूपू बृटिस सैनिक हाल बेलायतमा रहनुभएका चाम बहादुर पुनले गर्नुभएको थियो ।
काठमाण्डौ, पोखराबाट आएको काब्ययात्रा टोली पहिलो दिन म्याग्दीको बेनीमा बास बसेको थियो । भोलीपल्ट बेनीबाट पदयात्रा शुरु गरी पर्वतको मल्लाज फाट हुदै बास खर्क पुगेर खाना खाएको थियो । त्यसपछी म्याग्दीको महभिर आमा समूहको स्वागत तथा खाजा कार्यक्रममा सहभागी भएर बेलुका काफलडाडा पुगेको थियो । अर्को दिनको करकाबेली कार्यक्रम पश्चात पुन पदयात्रामा अहालडाडा हुदै २९ सय मिटरको फुलबारी पुगेर बास बसेको थियो । तेश्रो दिन फुलबारीबाट पुनहिल पुगेर हिमाल अवलोकनका साथ घोरेपानी पुगी खाजा नास्ता गरेर पोखरा तर्फ फर्किन उल्लेरी तर्फ लागेको थियो ।
म्याग्दीको अन्नपुर्ण गाउपालिका ८ काफलडाडामा स्थानिय चामबहादुर पुनको सक्रियतामा बिसं २०६५ देखी शुरु गरेर ३ वर्षमा निमार्ण गरिएको करकाबेली मन्दिर पुन समुदायको कुल देवता अर्थात आस्थाको धरोहर हो । करकाबेली बाबालाई पुन समुदायको इतिहास र आदिपुरुषको रुपमा लिइन्छ भने परम्परागत मान्यता, आस्था र बिश्वासको रुपमा लिइन्छ । परापूर्वकालमा पश्चिम जुम्लातिरका प्रख्यात एक महापुरुष तथा आदिपुरुष बिद्धान माछापुरण नामका ब्याक्ति रहेछन । उनै बिद्धान, कुशल भविष्यबेत्ता महापुरुषको एक छोरो करकावेली थिए । बाबु जस्तै बिद्धान, कुशल धर्नुधारी र प्रख्यात झाक्री तथा ज्ञानी करकाबेली पश्चिमबाट म्याग्दीको काफलडाडामा आईबसेका र आफ्नो सन्तान फैलाएका भन्ने मान्यता छ । यसैले म्याग्दी र वरपरका जती पुन समुदायहरु उनै करकाबेली बाबाका सन्तती हुन भन्ने मान्यता राखिन्छ । त्यसैले करकाबेली कुलदेवताको रुपमा मानिने हुदा उनैको नाममा यहा मन्दिर बनाइएको हो साथै पुन समुदायका पिता पुर्खा देखी चलन चल्तीमा आएका सामाग्री तथा रहनसहन झल्किने बस्तुहरु राखी संग्रालय बनाएको कुरा स्थानिय समाजसेवी चाम बहादुर पुनले बताउनुभयो । उक्त स्थानमा बनेको मन्दिर, संग्रालय र सामुदायिक भवनले स्थानिय मात्र नभई स्वदेश तथा बिदेशबाट आउने पाहुनाको लागि पनि अध्यान केन्द्र भएको र त्यसबाट स्थानियले पनि फाइदा पाएको स्थानिय हर्क बहादुर पुनले बताउनुभयो ।
म्याग्दीका पुन समुदायहरु आफुलाई मगर समुदाय भन्न रुचाउदैनन त्यसैले हालै भएको जनगणनामा समेत मगर समुदायबाट अलग्गै पहिचानका साथ पुन समुदायको जनगणना भएको थियो । उनीहरुका अनुसार समग्र मगर समुदाय भन्दा पुन समुदाय भिन्न रहेको तथा आफ्नै भाषा, परम्परा र मान्यता रहेको मान्दछन । खासगरी म्याग्दीका मगरहरुको आफ्नै छुट्टै फरक भाषा भने छैन तर बोलीचाली फरक छ । मुख्य कुरा त प्राय अधिकांस मगर जातीहरु सुगुरको मासुलाई पुजाआजा देखी प्रसादको रुपमा ग्रहण गर्दछन तर म्याग्दीका मगर समुदाय सुगुर छुदैनन र खादैनन । आधुनिकता र बिकासले केही समान जस्तो देखिए पनि म्याग्दीका पुन समुदायले आफुहरु छुट्टै जात रहेको र मगर जात समुदायको छत्रछाया भन्दा बाहिर रहेको बताउदै आएका छन । यस कार्य वा मान्यताको अभियान्ताको रुपमा चाम बहादुर पुन पनि एक हुन ।
काफलडाडामा रहेका पुन समुदायहरु धेरैजसो त बैदेशिक रोजगारीको शिलसिलामा बिदेश जाने र बेनी, पोखरा, काठमाण्डौ तिर बसाई सर्ने परम्पराले गाउ रित्तिदै छ । गाउमा रहेकाहरु कृषि र पशुपालन ब्यावसायमा नै रमाएका छ । स्थानिय उत्पादन धान, कोदो, मकै र अन्य बालीहरु उब्जनी हुने काफलडाडाको पारीपटटी महाबिर पुनको गाउ नागी छ भने पश्चिम तर्फ हिस्तान र उत्तरमा पुनहिल, घोरेपानी पर्दछ ।