फागुन १० गते २०७७

आयोग निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै

काठमाडौं, १० फागुन ।

निर्वाचन आयोगले निर्वाचन सामग्री गरिदका लागि बोलपत्र आह्वान गर्दैछ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिदका लागि मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित हुने जनाएको छ ।

बोलपत्रसम्बन्धी सूचना आयोगले आफ्नो वेबसाइटमा समेत राखिने जनाएको छ । अधिक संख्यामा बोलपत्रदाताहरुको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरिद गर्नुपर्ने निर्वाचन सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत गरिएको आयोगले जनाएको छ ।