कार्तिक २७ गते २०७९

छैटौं टुर दि पोखरा २०२२ को घोषणा

जि एस नेपाली

साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरिएको छ । छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ ।


पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता कार्यक्रमलाई यो वर्षबाट टुर दि पोखरामा समावेश गरिएको छ । उक्त प्रतियोगिता पोखराको रानीवनमा हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ३०, २० र १० हजार छ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ । प्रदशनी केन्द्रबाट सुरु हुने र्याली बजारको विभिन्न भाग परिक्रमा गरी पुनः प्रदर्शनी केन्द्रमा समापन हुनेछ ।

समापनका अवसरमा विविधि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, स्लो साइकल र जिगज्याग साइकल प्रतियोगिता समेत हुने जानकारी कार्यक्रम संयोजक राजन गोगंजु, प्रकाश बज्रचार्य लगायतले ‘छैटौं टुर दि पोखरा’को विविधि पक्षबारे जानकारी दिएका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन शहरको रुपमा घोषणा गर्न पोखरा महानगरले तयारी सुरु गरेको बताए ।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक बास्तोलाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा छैटौं टुर दि पोखरा २०२२ सम्पन्न गर्न करिव २५ लाख खर्च हुने संयोजक राजन गोगंजुले जनाएका छन्

तस्बिर: प्रताप गुरुङ