साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरिएको छ । छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ ।
पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता कार्यक्रमलाई यो वर्षबाट टुर दि पोखरामा समावेश गरिएको छ । उक्त प्रतियोगिता पोखराको रानीवनमा हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ३०, २० र १० हजार छ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ । प्रदशनी केन्द्रबाट सुरु हुने र्याली बजारको विभिन्न भाग परिक्रमा गरी पुनः प्रदर्शनी केन्द्रमा समापन हुनेछ ।
समापनका अवसरमा विविधि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, स्लो साइकल र जिगज्याग साइकल प्रतियोगिता समेत हुने जानकारी कार्यक्रम संयोजक राजन गोगंजु, प्रकाश बज्रचार्य लगायतले ‘छैटौं टुर दि पोखरा’को विविधि पक्षबारे जानकारी दिएका थिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन शहरको रुपमा घोषणा गर्न पोखरा महानगरले तयारी सुरु गरेको बताए ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक बास्तोलाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा छैटौं टुर दि पोखरा २०२२ सम्पन्न गर्न करिव २५ लाख खर्च हुने संयोजक राजन गोगंजुले जनाएका छन्
५ भदौं,पोखरा पर्यटनको राजधानी पोखरा–२५, हेमजा स्थित धार्मिक पर्यटनको नयाँ गन्तब्यको रुपमा तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ । मन्दिर तथा पार्क उद्घाटन गर्दै...
Read More
असोज ९ ,काठमाण्डौ लकडाउनका कारण आम मानिसहरु घरबाहिर निस्कन वर्जित भई उकुसमुकुसको दिनचर्या विताउन बाध्यभएका छन् । यस्तो विषम परिस्थितिमा पनि लकडान र कोरानाको पर्वाह नगरीकन स्वास्थ्य सतर्कता अपनाएर...
Read More
चैत्र २४, काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली...
Read More
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता...
Read More