जेठ ३ गते २०७९

मादीमा नेपाली काग्रेसका देवीजंग बिजयी

कास्कीको मादी गाउ पालिका जनसंख्याको हिसावमा सानो स्थानिय निकाय हो । यहाको कुल जनसंख्या १६ हजार ३१८ मध्य ११ हजार ४४० मतदाता छन । यहा गाउ पालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवी जंग गुरुड. र एमालेका शिव बहादुर गरुड. महेन्द्र बिच प्रतिस्पर्धामा नेपाली काग्रेसका देवीजंग बिजयी भएका छन ।। हाल सम्मको परिणा अनुसार काग्रेसका देवीजंग गुरुड.ले ५ हजार ९३४ र एमालेका महेन्द्रले ५ हजार ८४ मत प्राप्त गरेका छन । यसै गरी उपाध्यक्षमा एमालेका कल्पना गुरुड.ले ५२३८ र माओबादी केन्द्रका लाल बहादुर गुरुड.ले ५०२४ मत प्राप्त गरेका छन । कुल १२ वडा भएको यो गाउपालिकामा ९ मतदान केन्द्र थिए । भौगोलिक हिसावले ५६३ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउपालिका कास्की जिल्लाको ठुलो स्थानिय निकाय हो हो ।