माघ १३ गते २०७७

कांग्रेसले आन्दोलन गर्ने

काठमाडौं १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक सकिएको छ । तीन दिनको आन्दोलनका कार्यक्रम तय गर्दै आजको बैठक सकिएको हो ।

दिउँसो तीन बजे बोलाइएको बैठक आन्दोलनकै विषयमा देउवा र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । अन्ततः आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बस्यो । दुई नेताको सहमतिलाई अनुमोदन गर्दै बैठक सकिएको छ ।

कांग्रेसले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको छ । १९ गते भातृ संस्थाले, २४ गते शुभेच्छुक संगठनले आन्दोलन गर्ने छन् भने ३० गते जिल्ला स्तरीय प्रदर्शन आयोजना गरिने छ ।

नेविसंघ, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरूको म्याद सकिएको मितिले ६ महिना थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।