पौष २१ गते २०७७

मौसममा सामान्य बदली कही वर्षा कही हिमपात

पोखरा,२१ पौष ।

देशमा पश्चिमी वायुको प्रभाव रहेसंगै आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।