असाेज २० गते २०८०
कांग्रेसमा कार्यकर्ता बटुलेर भाषण गर्न झुटो निम्तो, बोको देखाएर बाख्रीको मासु बेचेको भन्दै कार्यकर्ताको तीव्र असन्तुष्टि
कमल पौडेल अथक
पोखरा २०, असोज
शनिवार नेपाली कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश २ को प्रथम प्रदेश सम्मेलन । प्रमुख अतिथि केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे । कार्यक्रम स्थल गोल्डेन हाउस पार्टी प्यालेस पोखरा जिरोकिलोमिटर । समय शनिवार विहान ११ बजे ।
निम्तो यही थियो सारा कांग्रेसजनहरुलाई सामाजिक संञ्जालमा पोष्ट गरिएको । पार्टीका सहमहामन्त्री बद्री पाण्डे नै कार्यक्रममा आउने भन्ने निम्तो पाएपछि अधिकांश कांग्रेस कार्यकर्ता र मिडियाकर्मीहरु कार्यक्रम स्थलमा पुगे ।
कार्यक्रमका प्रमुख अतिथि भनिएका बद्री पाण्डे आउन केही ढिलो भएपछि कार्यक्रम सुरु गरियो । प्रदेश २ का सभापति जीवनाथ पौडेलले सभाध्यक्षको आशन ग्रहण गरे । सचिव वावुराम भण्डारीले प्रदेश सभापति शुक्रराज शर्मालाई प्रमुख अतिथिको आशन ग्रहण गराए । कांग्रेसका कार्यक्रममा अतिथि वोलाएर गएका शुक्रराज कहिल्यै तल बस्न जान्दैनन् ।
उनलाई उद्घोषकले आसन ग्रहण गराउन पर्दैन, उनी सिधै मञ्चमा गएर बस्ने उनको ज्याद्रो बानी रहेको कास्की कांग्रेसका नेता कार्यकर्तहरु गुनासो गर्छन् । अब यहाँ त उनलाई नै प्रमुख अतिथि भनेर आयोजकले उद्घोषण गरेपछि मञ्चमा रहेका उनी आशन ग्रहण नगर्ने कुरै भएन । तर उनलाई आयोजकले नै प्रमुख अतिथि वनाए वा उनले आफै मलाई अब प्रमुख अतिथि वनाउनुपर्छ भने त्यो भने थाहा भएन ।
तव मञ्च भन्दा तल वसेका कांग्रेस कार्यकर्ताहरु कानमा खासखुस गर्न थाले । एक जनालाई प्रमुख अतिथि भन्दै बोलाएर अर्कैै व्यक्ति किन प्रमुख अतिथि ? यो जिज्ञासा अधिकांश सहभागीले गरे । केही जुरुक्क उठेर हल वाहिर निस्किए । केहीले भित्रै कानेखुसी गर्दै मञ्चासिन कांग्रेस नेता कार्यकर्ताहरुको भाषण सुनेर बसे ।
मञ्चमा प्रदेश सभापति शुक्रराज शर्मा सँगै संविधान सभा सदस्य एवं केन्द्रीय सदस्यमा मनोनित शारदा पौडेल पनि रहेकी थिइन् । पछिल्लो समयमा कांग्रेस नेताहरुमा आफ्नो पदीय हैसियत के हो र के कस्ता कार्यक्रममा सहभागी हुने भन्ने कुरो नै नेताले चेत पाउन छाडिसकेका छन् ।
हुन त संविधान सभा सदस्य भइसकेकी शारदा पौडेल प्रदेशको टिकट लिएर हारेर बसेको इतिहास पनि ताजै छ । बोलाएपनि नबोलाएपनि मञ्चमा गएर बस्ने बानी उनको पनि कमजोरी रहेको कास्की कांग्रेसका नेताहरु वताउँछन् । पौडेल कार्यक्रम थाहा पाएर गएकी हुन् वा निम्तो पाएर गएकी हुन् सो कुरा उनले आफै जानून् । तर कांग्रेसको विधान अनुसार प्रदेश सभापति शुक्रराज शर्मा भन्दा दुइ तह माथि रहेकी शारदा पौडेल नै सो कार्यक्रमको प्रमुख अतिथि बनाइनु पर्ने थियो । तर आयोजकले मञ्च मै रहेकी शारदा पौडेललाई अपमान गर्दै शुक्रराज शर्मालाई प्रमुख अतिथि वनाए । केन्द्रीय सदस्य शारदा पौडेल पनि मञ्चमा नै बसेर भाषण सुनिरहिन् ।
तर यता सो कार्यक्रममा प्रमुख अतिथि भनेर निम्तो बाँडिएका कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे एक हप्ता अघि नै चीन भ्रमणमा रहेका छन् । उनी चीन भ्रमणमा रहँदा रहँदै उनलाई प्रमुख अतिथि भन्दै सामाजिक संञ्जालमा निम्तो पोष्ट गरिएको रहेछ । किन चीनमा भएका व्यक्तिलाई प्रमुख अतिथि बनाएर निम्तो पोष्ट गरियो यो विषय रोचक र जालसाझी पूर्ण रहेको छ उपस्थित सहभागीहरुले भने ।
यहाँ बोको देखाएर बुढीबाख्रीको मासु बिक्री गर्ने काम भयो, यसरी कार्यक्रम हुन्छ भनेको भए हामी यो कार्यक्रममा आउने थिएनौं कार्यक्रममा सहभागी केही कांग्रेस कार्यकर्ताहरुले भने । पछिल्लो समयमा कास्की कांग्रेसमा निष्ठा, विचार र सिद्यान्तको भन्दा पनि गुटको राजनीति झांगिएको कांग्रेस समर्थक एवं शुभेच्छुकहरुको तर्क छ, पार्टी भित्र मर्यादाका कुरा भन्दा पनि गुटका कुरा गर्ने र कसले कसलाई सिध्याउने भन्ने खेल कास्कीमा बढी नै देखिन्छ ।
उता चीन भ्रमणमा रहेका पाण्डे यता कार्यक्रममा आउने कुरै भएन । दाइ त एक हप्ता अघि चीन भ्रमणमा जानुभएको हो, उहाँ अवको तीन दिनपछि नेपाल आउनु हुन्छ पाण्डेका खलक भाइ रुपेश पाण्डेले भने ।
पछिल्लो समयमा राजनीतिमा सबै भन्दा बढी गुटको झाल झांगिएको कास्की कांग्रेसका कार्यक्रममा केन्द्रीय नेता आउने निम्तो बाड्ने र कार्यकर्ता बटुलेर भाषण गर्ने काम यसअघि पनि हुँदै आएका छन् ।
यस अघि केही दिन अघि उनै प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रका अर्थमन्त्री डा प्रकाशशरण महत कार्यक्रममा आउने भनेर निम्तो बाँडेका थिए । सो कार्यक्रममा अर्थमन्त्री महत आएनन् ।
दिन भरी कुरेर बस्दा अर्थमन्त्री नआएपछि बेलुकीपख केन्द्रीय उपसभापति धनराज गुरुगलाई कार्यक्रममा डाकेर सम्मेलनको उद्घाटन गरेको भुल्न हुँदैन सहभागीहरुले भने । अर्थमन्त्री कार्यक्रममा प्रमुख अतिथि बोलाएर किन आएनन् अर्थात् उनी आउने भनेपछि कार्यकर्ता जोर्न सजिलो हुन्छ र भाषण गर्न पाइन्छ भनेर हो सो कुरा आयोजक स्वयंमले जानून् कार्यक्रममा सहभागी पुराना कांग्रेसहरुले भने ।