फागुन ८ गते २०७७
विप्लव सरकारसँग वार्तामा बस्न तयार
काठमाडौँ,८ फागुन । सरकारसँग वार्ता र संवादका लागि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सकारात्मक रहेको जनाएको छ । सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी जनाएका हुन् ।
विप्लवको विज्ञप्तिमा भनिएको छ–आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं। यसबीचमा सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए । विराटनगरमा आयोजित सभामा पनि यहीअभिव्यक्ति आइरहँदा विप्लवको वक्तव्य आएको हो ।