श्रावण २५ गते २०७८
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
पोखरा, २५ साउन ।
२७ औं विश्व आदिवासी दिवस(अगष्ट ९) विविध कार्यक्रम गरी विश्वभरका आदिवासीहरुले सोमबार मनाएकाछन्।कोरोनाको संक्रमण बृद्धि भईरहेको अवस्थामा पोखरा ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै विश्व आदिवासी दिवस मनाएको हो।
पोखरा १० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित कार्यक्रममा कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत नेपालमा २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु सहयोग वितरणको कास्कीमा समन्वय गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक बरिष्ठ हाडजोर्नीविज्ञ डा.भरत खत्रीलाई १० लिटरको २ वटा कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो।