श्रावण ९ गते २०७८
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक, माधव नेपाल पनि सहभागी
साउन, ९ काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, सत्ता सहयात्रा र गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
बैठकले यसअघि शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।