कास्कीको अन्नपूर्ण गाउपालिकामा सूचिकृत मेलमिलापकर्ताको लागि २ दिने पूर्नताजगी तालिम शूरु भएको छ । बुधवार शुरु भएको सो तालिम कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसीले उदघाटन गर्नुभएको थियो । अन्नपूर्ण गाउपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक चन्द्रा देवकोटा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउपालिका भरीका महिला तथा पुरुष सूचिकृत मेलमिलावकर्ताको उपस्थिती थियो ।
कार्यक्रममा कानून सहजकर्ता तथा अधिबक्ता बिष्णु प्रसाद अधिकारीले वर्तमान कानूनका प्रावधान र ब्यावहारिकाता बारे स्पस्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली समाजको बिषेशता र सामाजिक एकतामा आउने बिकास बारे पत्रकार घनश्याम पौडेलले प्रकास पार्नुभएको थियो । देशका पालिका होस वा जिल्ला अदालतहरुमा समग्र मुद्धाहरुको चाप हेर्दा २ प्रकृतीका भएको पाइन्छ । पहिलो सम्पत्ती र दोश्रो सम्बन्ध । खासगरी पालिकाहरुमा गाउघर तथा शहर बजार समेतबाट आउने सम्बन्ध बिच्छेद, बिबाहवारी तथा सम्पत्ती हक दावी तथा साध सिमाना बिबाद जस्ता मुद्धाको चाप परेको देखिन्छ । मेलमिलापबाट नै मुद्धाको किनारा लगाउने कार्यले समाज बिकास र एकता कायम गराउछ ।
कार्तिक २६ पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको करार कर्मचारी व्यवस्थापनको विवाद विधिसम्मत समाधान गरिने नगर प्रमुख धनराज आचार्यले बताएका छन् । नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको...
Read More
चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा...
Read More
पत्रकारहरुको संस्था प्रेस चौतारीले हालै सम्मन्न गरेको गण्डकी प्रदेश कमिटी पदाधिकारीहरुको पदस्थापन शुक्रबार गरेको छ । उक्त पदस्थापन कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत को उपस्थिती थियो ।...
Read More