साउनको वर्षे झरी भएपनि दिवश गुरुङ बिहानै उठेर दौडिन्छन । रंगशाला जान्छन ।। साथीभाईसग“ ब्यायाम गर्छन । ३—४ घन्टा पछी फर्कन्छन । क्याम्पस जान्छन । क्याम्पस सकेर घरमा आएपछी बेलुका पनि ब्यायम कै लागि रंगशाला पुग्छन । साथीहरुसग“ म भर्ती हुनपाए त यसो गर्थे भन्ने योजना सुनाउछन । उनी अहिले बियससी प्रथम वर्षमा अध्यान गर्दैछन । एसएलसीमा प्रथम श्रेणीमा राम्रो अंक ल्याई पास गरेका उनी जस्ता धेरै साथीहरुको दिनचर्या यसरी नै बित्ने गर्छं । बिहानमा त पोखरा रंगशाला दौडने र बिभिन्न ब्यायम गर्ने युवाले भरिन्छ । आउदो अशोजको पहिलो हप्ता पोखरामा बृटिस आर्मीका लागि भर्ती खुल्दैछ । बृटिस आर्मीमा भर्ती हुनु भनेको सवै भन्दा उच्च स्तरको रोजगार मिल्नु ठान्छन अहिलेका युवा । गौरव गुरुङ पनि बियससी प्रथम बर्षमा पढ्दै छन । उनी भन्छन “बृटिस आर्मीमा भर्ती हुनपाए त हाम्रो भविष्य मात्र हैन भावी सन्ततीको भविष्य समेत निश्चितै उज्जल बन्थ्यो । यहा पढेर पनि राम्रो जागिर पाईदैन पाएको जागिरले पनि परिवार पाल्न मुस्किल पर्छ के गर्ने त ?” बेलायत सरकारले १९९७ पछाडी भर्ती हुनेका लागि नागरिकता दिने भन्ने निर्णयले पनि युवा डक्टर, ईन्जिनियर भन्दा अझ उच्च यसलाई दिन थालेका छन । दिवश गुरुङका बुवा पनि बृटिस आर्मी कै हुन । उनी धेरै गुरुङ मगर जातीले आफ्नो पुख्यौली पेशाका रुपमा बैदेशिक रोजगारलाई पहिलो स्थान दिनेगर्छन ।
OLYMPUS DIGITAL CAMERA
युवाको बढ्दो आक्रषण भएर नै होला केही बर्ष देखी पोखरामा युवालाई भर्ती हुनका लागि पुर्व तालिम दिने थुप्रै संस्था खोलेका छन । प्राय भू पू सैनिक प्रशिक्षक भएर चलाएका यस्ता संस्था कती त आवाशिय पनि छन । महिनाको एक हजार देखी आवाशिय रुपमा रहेनेका लागि दशहजार सम्म लिनेहरु पनि छन । पोखरामा मात्र पन्ध्र भन्दा वढि संस्थागत र कैयौ ब्याक्तिगत भर्तीका लागि पूर्व प्रशिक्षण गर्नेहरु छन । अहिले एक संस्थामा ३० देखी २ सय सम्म युवा तयारीमा लागेका छन । पहिले भूपू तथा उनका छोराछोरीका लागि कम्प्युटर र भाषा सिकाउने उदेस्यले यो एक्स आर्मी एजुकेशन फाउन्डेसन खोलेका हौ । निम्न वर्गकाहरुले भर्ती हुन सकुन भनेर हामीले न्युनतम शुल्कमा शाररिक ब्यायमको कक्षा तथा भर्ती पूर्वको तयारी गराउन थालेका छौ भन्छन् यसका सञ्चालक क्या राजबहादुर गुरुङ । उनको संस्थामा मासिक एक हजार लिईन्छ । केही कम्प्युटर ईन्स्टिच्युटहरु पनि यस पेशामा लागेका छन । भर्ती हुदा के गर्नु पर्छ भन्ने थाहा नभएका रामबजारका रोशन गुरुङ हामीजस्ताका लागि यस्ता संस्थाले सहयोगीको काम गरेकाले पैसा तिर्न परेपनि खुशी भएको बताउछन । साथै गल्ला सेलेक्सन, यारो डियारो लगायत गेटपाउने बेलासम्म गर्नु पर्ने कार्यबिधी र अनुशासनबारे यही आएपछी थाहा भयो । बृटिस आर्मीका लागि एसएलसी उतिर्ण ,१७ देखी २१ वर्षको उमेर ,छातीे ३१ ईन्च , तौल न्युनतम ५० केजी उचाई १६० भएका शाररिक र मानसिक तनदुरुस्त युवा लिने गरिन्छ । यसका लागि स्नातक गर्दै गरेका युवा समेत हाम्फालेर आउछन । पोहरसाल पोखरामा दशहजार देखिएका मध्य एक सय पचासमात्र भर्ती भए । यस पटक पनि त्यती नै संख्यामा लिईदै छ । अधिल्ला वर्षहरुमा पलिहो चरणको गल्ला छनोट गाउ“ गाउ“मा नै हुन्थ्यो । देशको अशान्ति र केही घटनाका कारण जिल्लामा हुने छनोट प्रक्रिया क्षेत्रिय स्तरमा मात्र हुने गरेकाले यहा पश्चिामाञ्चलका सवै आउछन । भविष्य उज्जल बनाउने सपना तथा पुर्खाको बिडो थाम्ने प्रयासले आउने यि युवा मध्य थोरैको मात्र सपना पुरा हुन्छ । धेरैको भर्तीका लागि देखिने रहर मेटिन्छ भने बृटिसको हरियो बर्दी भिर्ने मिठो धोको जिवनभर अधरो रहन्छ ।
( यो लेख खवर कान्तिपुरको कोशेलीमा आज भन्दा १७ वर्ष पहिले प्रकाशित भइसकेको हो तर पनि यस्तै अवस्था अहिले पनि छ र अझ बिकराल झागिएको छ । त्यसैले पून यहा जस्ताको तस्तै राखिएको छ, समय अवधी फरक परेर केही नियम परेका छन होला, यो केवल सामान्य ज्ञान मात्र ठानिदिनुहोला ।)
पोखरा,जेठ हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ...
Read More
पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र...
Read More
काठमाडौं, १० माघ । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शनिबार शैक्षिक सत्र २०७७र०७८ मा एमबिबिएस...
Read More
प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना । प्रहल्लाद पोख्रेलको...
Read More