वैशाख २४ गते २०८२

पोखरामा पनि फुलेको छ जाकारान्डा,टिकटक बनाउनेको भिड (फोटोफिचर)

पोखरा, वैशाख २४, २०८२
हरेक बसन्त ऋतुको समयमा फुल्ने जाकारान्डा पोखराको फेवाताल छेउमा पनि फुलेको छ । नीलो तथा बैजनी रंगका ज्याकारान्डा फुलको नाम प्रायलाई जानकारी नभएको पाईन्छ ।यसको वैज्ञानिक नाम जाकारान्डा माइमोसिफोलिया हो। फेवातालछेउको गौरीघाटमा फुलेको जाकारान्डाले फेवाताल सहित वरिपरि दृश्यमा निकै नै सुन्दरता थपेको छ । दिनमा टिकटक बनाउने तथा फोटो खिच्नेहरुको निकै नै भिड देख्न सकिन्छ ।
वसन्त ऋतु शिशिर ऋतु र ग्रीष्म ऋतुको बीचमा आउने मनमोहक ऋतु हो। यो ऋतु चैत्र र बैशाख महिनामा पर्छ। यो ऋतुमा प्रकृतिमा नवजीवनको संचार हुन्छ, फूलहरु फुल्छन,पालुवा पलाउछन र मौसम सुखद र आनन्दित रहन्छ। वसन्त ऋतुमा प्रकृतिले नयाँ रूप धारण गर्छ र सबैलाई मोहित बनाउँछ। यो समयमा फुल्ने फुलले मनमा उर्जा र उमंग थपेको हुन्छ ।
जाकारान्डाको रुख पोखराको फेवाताल छेउछाउ, लेकसाईडको गौरीघाट,रत्नमन्दिर, शहिदचोक,राष्ट्रबैंकचोक वरपर फुलेको देख्न सकिन्छ । फेवाताल किनारमा जाकारान्ड फुल्दा निकै नै मनमोहक दृश्य देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु फुलेको फुल देखेर टिकटक बनाउन तम्सिएको गौरीघाट र वरपरपार्कमा देख्न पाईन्छ ।
तस्विरः दुर्गा प्रसाद पौडेल