भाद्र २८ गते २०८०
तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)
पोखरा, २८ भदौ
नारिहरुको महान चाड हरितालिका तीजको अवसर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले पोखरा–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग गरेको छ । उक्त आश्रममा १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेको महिला उपसमिति संयोजक रिता पौडेलले बताईन ।

संघको महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर बिभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसरमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पवित्रा घलेले बताइन् । उक्त अवसरमा पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीज पर्वको बारेमा चर्चा गर्नू भएको थियो । मानव सेवा आश्रम हेमजा कार्यालय सचिव सन्जु मोक्तानले सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरेकी थिईन ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमिति संयोजक रिता पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छवि, उपसमिति पूर्व संयोजक तिर्थ श्रेष्ठ ,सान्त्वना पौडेल, ईन्दिरा शर्मा ,गोमा आचार्य, मिरु लम्साल,देवु जलारी, बविता पौडेल, नन्दकला पौडेल, सरीता अधिकारी,अग्नि तिमिल्सिना को उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संघका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।
तस्विरहरुः अग्निधर तिमिल्सिना