मंसिर १६ गते २०७९

आज राष्ट्रिय कफी दिवस

काठमाडौं, १६ मंसिर । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ।

यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ।

प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिताका कारण हुन सकेको थिएन।