पौष २ गते २०८०
कांग्रेस पार्टी देउवाले ध्वस्त बनाएःगण्डकी सभापति शुक्रराज
कमल पौडेल अथक
पोखरा २, पुस
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी सभापति शेरवहादुर देउवा लगायत पार्टीको केन्द्रीय तहमा रहेका केही नेताहरुले पार्टी ध्वस्त वनाएको वताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश स्तरीय सूचना तथा प्रचार विभागद्धारा पार्टीको प्रदेश सम्मेलनवारे जानकारी दिन आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले सो कुरा वताएका हुन् ।
उनले नेतृत्वमा वस्ने नेताहरुले कार्यकर्ताहरुलाई वालुवाको थुप्रो जस्तो वनाएर विभाजित गरी पार्टी ध्वस्त वनाउने काम गरेको चर्चा गरे ।
हाम्रो केन्द्रमा पार्टी सभापति शेरवहादुर देउवा हुनुहुन्छ तर उहाँले पार्टीका नेता कार्यकर्तालाई समेट्न सक्नुभएको छैन, साथीहरुलाई बालुवाको थुप्रो जस्तो वनाउने काम स्वयं उहाँ आफै शेरवहादुर देउवा जीले गर्नु भएको छ उनले भने ।
प्रदेश सभापति शर्माले पार्टी नेतृत्वमा शेरवहादुर जी रहुन्जेल यो पार्टी सुध्रिने छाँट छैन तर सभापति देउवाले पार्टीमा अहिले बनाएको बालुवाको थुप्रो दीगो हुँदैन, एक दिन अवस्य उडेर विलाएर जान्छ उनले भने ।
उनले पार्टीमा देखिएका गुट उपगुटको विजारोपण स्वयं शेरवहादुर र केन्द्रीय नेताहरुबाट नै भएको वताए । उनले पार्टी सभापति शेरवहादुर र उनको पेरीफेरिमा वस्ने केही सिमित नेताहरुले कांग्रेस पार्टीको बद्नाम गराएको आरोप लगाए । हामी प्रजातन्त्रबादी हौं हाम्रो आफ्नै धर्म र आचरण हुन्छ तर पार्टीमा अहिले पनि निरंकुश र दास मानसिकता हाबी छ यो नसुध्रेसम्म पार्टी वलियो हुन सक्दैन उनले भने ।
कार्यकर्तालाई विभाजित गर्ने कामको दोष अब कसैलाई दिएर हुँदैन पार्टी सभापतिको नाताले स्वयं पार्टी सभापति शेरवहादुर देउवाले लिनु पर्छ प्रदेश सभापति शर्माले भने ।
प्रदेश सभापति शर्माले आफू जस्ता व्यक्ति केन्द्रीय तहमा पुग्ने हो भने त्यो सवै अन्त्य गर्ने दावी गरे । म केन्द्रीय तहमा छैन त्यहाँ म पुग्ने हो भने पार्टीमा देखिएका सवै मतमतान्तर अन्त्य गर्ने सामथ्र्य म सँग छ उनले भने ।
यही पुस ३ र ४ गते पोखरामा हुने कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले पनि त्यो विषयमा छलफल गर्ने उनले वताए । सो कार्यक्रमको प्रमुख अथिति स्वयं केन्द्रीय सभापति शेरवहादुर देउवा लगायतका केन्द्रीय नेता रहको र पार्टीलाई सच्याउन भरपूर प्रयास गरिने उनले वताए ।
केही समय अगाडि पार्टी सभापति शेरबहादुर देउवाले कास्कीमा महिला संघको नेतृत्व चयन गरेपछि असन्तष्ट भएका प्रदेश सभापति शुक्रराज शर्माले कास्की लगायतका जिल्लामा महिला संघको छायाँ समिति गठन गरेर देउवालाई चुनौति दिँदै आएका छन् ।
भर्खरै प्रदेश सभापति शर्माले नेपाल किसान महासंघ कास्की पनि आफ्नै तजविजीमा गठन गरेको बुझिएको छ । किसान महासंघको समिति गठन गर्दा पनि शर्माले कास्की जिल्ला समितिलाई बाइपास गर्दै आफ्नो मात्र एकलौटी गरेको भन्दै नेता कार्यकर्ताहरुले आरोप लगाउने गरेका छन् ।
तपाइँ केन्द्रमा जाँदा शेरवहादुर तर प्रदेशमा आफ्नै गुट चलाएर वस्नु हुन्छ तपाइँँको कस्तो राजनीति हो भन्ने पत्रकारको जिज्ञासामा प्रदेश सभपति शर्माले भने– म हिजो पनि शेरवहादुरको होइन आज पनि होइन म त केवल कांग्रेसको हुँ, जसले मलाई फरक देख्छ उसका आँखा जचाउन जानुपर्छ ।
सो सम्मेलनमा प्रदेशका ११ जिल्लाका ५ सय बढी प्रतिनिधिहरु सहभागी हुने नेपाली कांग्रेस सूचना तथा प्रसार समन्वय समिति गण्डकीका संयोजक रमेश पौडेलले जानकारी दिए ।