माघ २४ गते २०७७

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

धनगढी,२४ माघ ।

माटो खन्ने क्रममा कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।