पौष २३ गते २०७७

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नाघ्यो

पोखरा, २३ पुष ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नाघेको छ । बिहीबार थप चार जनाको मृत्यु भएसँग कोरोना सङक्रणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा देशभर थप चार सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार छ सय पाँच पुगेको छ ।

हाल पाँच हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार सय ८३ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५६ हजार छ सय ४४ जना निको भइसकेका छन् ।