पौष २८ गते २०७७
पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफुहरुले नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
पोखरा, २८ पुष।
पार्टीको नाम र चुनाव चिन्ह आफूहरुको हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठोकुवा गरेका छन् । पोखरामा प्रचण्डमाधव समूहले गरेको गण्डकी प्रदेशको भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँग रहेको भन्दै कानुनअनुसार नै पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गरे । उनले निर्वाचन आयोगले आफुहरुलाई आधिकारिक मान्ने बताए ।
प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफुहरुले नपाएको खण्डमा आँधीवेहरी ल्याउने पनि चेतावनी दिए । उनले चिन्ह र नाम आफुहरुले नपाउने अवस्था आए आँधीवेहरी आउने पनि चेतावनी दिए ।