पोखरा फोटोग्राफर संघको नेतृत्वमा रामचन्द्र पोख्रेल
पोखरा क्षेत्रका फोटो ब्यावसायीहरुको संस्था पोखरा फोटोग्राफर संघको सनिवार भएको ४१ औ साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र पोख्रेल निर्वाचित भएका छन । कुल ११ सदस्यिय कार्य समितिमा उपाध्यक्षमा भक्त तामाड. सचिवमा देवानन्द पोख्रेल, कोषाध्यक्षमा नन्दकला पौडेल र सदस्यहरु कल्पना अधिकारी, अग्नीधर तिमिल्सेना, प्रकाश पौडेल, शंकर कोइराला, हरिशरण ढुड.गाना, स्वदेश शाही र बिनय कुमार श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै पोखरा फोटोग्राफर संघले यस वर्षको अशोक लाइफ टाइम एचिभमेन्टबाट जयन्द्रराज राजभण्डारीलाई सन्मान गरेको छ । उक्त सम्मानको राशी २५ हजार ५ सय ५५ रहेको थियो । साथै यस वर्ष संस्था द्धारा प्रदान गरिने बिभिन्न ८ बिधाका फोटोग्राफी भिडियोग्राफी अवार्डहरुमा प्रतियोगी ४४२ फोटो तथा भिडियो मध्यबाट बिभिन्न सर्वोत्कृठ ८ जना र ३२ उत्कृष्ठ भएका ३२ जनालाई पुरस्कार बितरण गरिएको थियो । यस वर्षको कैलाश फोटोग्राफी अफ दि इयर फोटो प्रतिभा, महेन्द्रपुलका राम्जी थापाले प्राप्त गर्न सफल भएका छन । यस्तै मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड नारायणहरी अधिकारी, मिराज क्रियटिभ अवार्ड पोट्रेट फोटोग्राफीमा प्रदिप श्रेष्ठ, मिराज क्रियटिभ बिबाह भिडियोग्राफी अवार्ड सुरेन्द्र तिवारी, रामतारा दैनिक जनजिवन अर्वाड बबी शाही, सस्कृती तथा पर्यटन फोटोग्राफी अवार्ड कृष्ण कुमार श्रेष्ठ, वातावरण तथा प्रकृती फोटोग्राफी अवार्ड अशिस पुरीले प्राप्त गरेका छन ।
कार्यक्रम उदघाटनसत्रका प्रमुख अतिथी गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री कुमार खड्काले आफ्नो उदघाटन मन्तब्यमा फोटोग्राफीको आवश्यकता औचित्य र संबेदनसिलताबारे प्रकाश पार्नु भएको थियो । पोखरा महानगर पालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले पनि फोटो र यस ब्यावसाय मार्फत समाजमा हुने योगदानबारे बताउनु भएको थियो । संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेल ले संघ ले गरेका यस्ता कार्यहरुले फोटोग्राफर हरुको मनोवल बढ्ने तथा दक्षता विकास गर्नमा सहयोग पुर्याउने कुरा बताए ।
कार्यक्रममा पोखरा उद्योग वािणज्य संघका पवन प्रजापति पोखरा कैलाश बचत तथा ऋण सहकारी संसथाका खडानन्द अधिकारी फोटोग्राफर संघ गण्डकी का सचिव तुलसीराम सुवेदी,संस्थाका संरक्षक गणेश छवि,संघका अध्यक्ष जनकराज तिवारी, सचिव बिसुराज बराल, कोषाध्यक्ष नारायणहरी अधिकारी,नि वतृमान अध्यक्ष रविनाथ दाहाल, अक्षयकोषदाता भक्त तामाङ, सम्मानित ब्यक्तित्व जयन्द्रकुमार राजभण्डारी फोटोग्राफी भिडियोग्राफी अर्वाडका जुरी संयोजक घनश्याम पौडेलले अर्वाडको छनोट प्रक्रिया सम्बन्धमा बोल्नुभएको थियो
पोखरा क्षेत्रमा फोटोग्राफी तथा भिडियोग्राफी पेशा गर्दै आएका १८० ब्यावसायीहरुको सो संस्थाको अधिवेशनको दोश्रो सत्रमा आगामी वर्ष २०७९ देखी ८१ संमका लागि रामचन्द्र पोख्रेलको ११ सदस्यिय नया टिम निर्वाचित भएको छ । नया कार्यसमिती छनोटका लागि बनेको निर्वाचन मण्डलमा अध्यक्ष दुर्गा प्रसाद पौडेल सदस्य रविनाथ दहाल र बिजय पहारी रहेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पद तथा गोपनियताको सफथ खुवाउनु भएको थियो ।
पोखरा ७, भदौ नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार गरिएको छ । केन्द्रद्धारा भर्खरै मनोनित सभापति मीनाकुमारी पाण्डेले सो समिति विस्तार गरेको वताएकी हुन् । समिति ४८ सदस्यीय वनाएको...
Read More
बास्तवमा केरला मोडल के हो र साच्चिकै केरला मोडलले कस्तो बिकास गरेको छ भन्ने कौतहलतालाई मेटाउन पृथ्वीनारायण क्याम्पस पोखरा को सोसियोलोजी बिभागको सक्रियतामा केरलाका प्राध्यापक तथा बिज्ञहरुसग प्रतक्ष र...
Read More
पोखरा । कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत...
Read More
काठमाडौं ,३२ साउन । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा...
Read More