आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले यो फोटोको विषयमा खोज्न, बुझ्न थाले र यो कथा बन्यो ।
दोस्रो विश्व युद्धमा अमेरिकासँग जापानले हार स्वीकार गरी १४ अगष्ट १९४५ मा युद्ध विराम ग¥यो । यो जीतको खुशियालीमनाउँदै लाखौं अमेरिकनहरू सडकमा उर्लियो । यसै क्रममा न्यूयोर्कको सामुन्द्रि बन्दरगाहाबाट नेभी लडाकुहरू, कर्मचारी, डाक्टर, नर्स आफ्नो जीतको खुशियाली मनाउँदै सडकमा नाचगान गर्दै, आफ्ना आफन्त जो लडाइबाट जीवित फर्किए त्यसैको खुशियाली मनाउँदै थिए यसै क्रममा एक नेभी सेलर आफ्नो प्रेमिकालाई भेट्न न्यूयोर्कको टाइम स्क्वाएरतिर लागे उनी खुशियाली मान्दै रक्सीले मातेको अवस्थामा सडकमा हिड्दै थिए । उनको प्रेमीका पनि उनलाई खोज्दै थिए । उक्त सेलर रक्सीले मातेको बेला खुशियाली मनाउँदै नाच्दै आफ्नो अगाडी भेटिएकालाई अंकमालगर्दै हिड्ने क्रममा अचानक एउटी सुन्दरी नर्स उनको सामु देखेपछि अंकमालगर्दै उत्तेजित भएर उक्त नर्सलाई चुम्बन गर्छ । त्यति बेला फोटो पत्रकार अल्फ्रेड आइन्सटाइनले आफ्नो क्यामराबाट फटाफट ४ वटा फोटो खिच्छ। फोटोमा पछाडी सेतो डे«समा हाँसिराखेको महिला उक्त सेलरको प्रेमीका हुन्छिन त्यसपछि यो कथाले आफ्नो इतिहास रच्दछ ।
फोटो पत्रकार अल्फ्रेड आइन्सटाइन त्यो बेलालाइफपत्रिकाको फोटो पत्रकार थिए ।उनले यो फोटो लाइफपत्रिकामा छापेपछि यो फोटोले जुनचर्चा पायो त्यो अत्यन्तै रोचकबन्यो । फोटोमाखिचिने तस्वीरले एउटा लडाईमाजीतको खुशियाली, युगल जोडीको मिठो चुम्बन देखि उक्त सेलरको शरीरको बनोटको वर्णन देखि नर्सको सुन्दरताको वर्णन गरेको पाईन्छ । उक्तफोटोको चर्चाको शिखर यति धेरै चुलियो की उक्तफोटोको कारण फोटो पत्रकार अत्यन्तै चर्चित हुँदै गए । २० औंशताब्दीको उत्कृष्ट फोटोग्राफरको अवार्ड लिए । २० औंशताब्दी कै सबैभन्दाचर्चित फोटो पत्रकार बने तर उक्त तस्वीरमा भएकादुई युगल जोडीको हो भन्ने विषयनिकै नै कौतुहलताको विषय रह्यो । बेला–बेलामाउक्त सेलर म हुँभनेर दावी गर्नेको भिड नै लाग्यो अलिकति शारीरिक जीउडाल मिल्नेले आफूलाई सेलेब्रेटीकोजस्तै जीवन जिए। लाखौं सङ्ख्यामा विक्रीहुने उक्त तस्वीरमा अटोग्राफ गर्थे तर पनित्यो नर्स को थियो । भेट्न मुस्किल परिरहेको अवस्थामा धेरैखोज अनुसन्धानभयो । तर नर्स पत्ता लागेन । उक्ततस्वीर २० औं शताब्दीकै सबैभन्दा चर्चित तस्वीर बन्यो । उक्त तस्वीरको आधारमा धेरै कविता, लेख रचना भए तर उक्त तस्वीर भित्रको मान्छे को हो भन्ने विषयखोज जारी नै रह्यो । यसरी नै अमेरिका प्रख्यात लेखक लेरन्स भेरियाले The Kissing Sailor नामक पुस्तक लेखे । उक्त पुस्तकले पनिअत्यन्तै चर्चा पायो । पुनः एकपटक ३५ वर्षपछि Times Magazine को मुख्य विषय बन्यो उक्त पुस्तकमा पनि ति सेलर र नर्सको खोजी भैरहेको जानकारी गराएको विषय पढे पछि तस्वीरमा भएको सेलेरलाई चिन्ने साथीले उक्त सेलरलाईफोन गरे त्यसपछि त्यो पत्रिका छापिएको फोटो देखाएपछि कथाले अर्को मोड लिन्छ । यति बेला सामाजिक संजालको व्यवस्था भैसकेको थियो । पहिलाभन्दा सामाजिक संजालको युगमा सबै चिजहरु सहज भैसकेको थियो ।
त्यसै गरी उक्त नर्सका नातिनातिनीहरूले सो फोटो देखाएपछि उक्त नर्स र सेलेर ३५ वर्षपछिनातीनातिनीहरूको खोज र सहयोगमा पहिलो पटक Social Media मा Skype call गरेर भेट हुन्छ । निकै रमाइलो वार्तालाप हुन्छ । यति धेरै चर्चा पाएको फोटोमा रहेको दुवै जनाको जीवनआ–आफ्नै तरिकाले चलेको पाइन्छ भने पृष्ठभूमिमा हाँसि राखेकी सेलरको प्रेमीकासोही घटनाका कारण २ वर्ष सम्म रिसाएपछि उनीहरूले विहे गरेको रोचककहानी अगाडी आउँछ । वि.वि.सी. कामहिलापत्रकालाई चुम्बन गरेको फोटो देखाउँदै रमाइलो गर्छ । उनको पत्नीले तिमीलाई चुम्बनगर्दा म माइण्ड गर्दिन तर त्यो बेलाको कुरा बिर्सन नसक्ने कुरा जनाउँछिन् । त्यसपछि नर्स र सेलर साँचै उनीहरू नै हो भनी अनुसन्धान चल्छ र तस्वीरमा भएको नर्सको हातको कोठी सेलरको हातमा काटेको घाऊको निशानीउनीहरूले दिएको आफ्नो कागजपत्रको आधारमा सक्कली सेलर र नर्स कोहो भन्ने ३५ वर्षपछि प्रमाणित हुन्छ । उक्त सेलर नेभीको अफिसर जर्ज मेन्डोसा थिए भने नर्स ग्रिटा जिमर फ्रिडमन थिए । सेलरको प्रेमीका रिटा पेट्री थिइन फोटो पत्रकार अल्फ्रेड आइन्स्टाइन उक्तफोटोबाट चर्चित हुँदै ६० वर्ष सम्म फोटो पत्रकारिताको अग्र स्थानमा सधै बनिरहे । जीवनको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले फादर अफफोटो जोर्नालिजमको उपाधीले सन् १९८९ मा विभुषित ग¥यो । सन् १९९५ मा ९७वर्षको उमेरमाउनको निधनभयो । त्यसपछि नर्स–ग्रिटा जिमर फ्रीडमनले ९२ वर्षको उमेरमा सन् २०१६ मा संसार छोडिन । प्रख्यातकिसिङ सेलर ९५ वर्ष पूरा गरि ९६ वर्ष पुग्न २ दिन अगाडी सन् २०१९ मा संसारबाट विदालिए र उनको श्रीमती रिटा पेट्री २०१९ मै ९२ वर्षको उमेरमा संसार छाडिन र यसरी यो रोचककथाको अन्त्य हुन्छ । उहाँहरू यो संसारमा नभएपनि उहाँहरूको फोटो आज पनि संसारका फोटो ग्यालरी र सडकमा विक्रीमा राखिएको पाइन्छ ।
रोयल्टी फोटोग्राफरको सन्तानले लिन्छन् । १४ अगष्टको दिनलाई Japan माथिको Victory को खुशियालीमाअमेरिकाले २५ फिटको मूर्ति सजाएर V J Day मनाउने चलन १४ अगष्ट देखि चलेको पाइन्छ । त्यो दिन सार्वजनिकविदागरिन्छ । संसारभरका प्रेमी जोडीहरू सेलरको मूर्तीको नक्कल गरेर फोटो खिच्ने परम्परा आजभन्दा भोलीअझै चर्चित बन्दै गएको पाइन्छ । अमेरिकी दस्तावेज अनुसार हाल २५ फिट अग्लो Kissing Sailor को पहिलो पटक सन् २००५ माँ यि Florida का मूर्तीकार Sewara Joh को मूर्ती बनाएको पाइन्छ र आजविभिन्न देशको प्रमुख पर्यटकीय शहरहरूमा १३ वटा मूर्ती छन् भने ५ फिट अग्लो मूर्ती संसारका धेरै राष्ट्रहरूको समुन्द्री बन्दरगाहा नजिकको सहरहरूमा अनगिन्ती पाइन्छन् । यसरी एउटा इतिहास बोकेको र एउटा भाव बोकेको फोटोको मूल्य कति बहुमूल्य हुँदो रहेछ भन्ने शिक्षा पाइने यो कथा प्रस्तुत गरिरहँदा म आफू पनि आनन्दीत महशुस गरेको छु । धन्यवाद !
Edith Shain and Carl Muscarello, the couple that appeared in Alfred Eisenstaedt’s iconic photo “The Kiss,” appear in New York City’s Times Square to reenact their famous kiss and to host a “Kiss-In” on August 14, 2005. The sculpture titled “Unconditional Kiss,” by Seward Johnson, depicts the kiss between Shain and Muscarello as captured by Alfred Eisenstadt on August 14, 1945 in Times Square, New York City. (Photo by Jemal Countess/WireImage)
काठमाडौँ, २५ श्रावण । सोमबार जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ...
Read More
कास्की जिल्लाको सवै भन्दा कान्छो अर्थात सानो स्थानिय निकाय रुपा गाउपालिका यस पालि पनि एमालेले आफ्नो पुरानो बर्चश्व कामय गरेको छ । उक्त गाउपालिकाको अध्यक्षमा नवराज ओझा फेरी आएका...
Read More
काठमाडौं, ४ असोज । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका...
Read More
पोखरा,१८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।...
Read More