माघ २१ गते २०७७

आगामी साताबाट चन्द्रागिरी हिल्सको शेयर कारोबार

काठमाडौं, २१ माघ । चन्द्रागिरी हिल्सको शेयर आगामी साताबाट कारोबारमा आउने भएको छ ।

हिल्सले गत ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ ।

कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ १२ प्रतिशत शेयर स्वामित्व हुने गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार कायम भएको छ ।

सोही पूँजी बराबरको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर कम्पनीले कारोबार योग्य बनाउँन प्रकृया अघि बढाएको हो ।