असाेज ७ गते २०७७
दुई बर्ष भित्र बृद्धभत्ता पाँच हजार,थापा
गण्डकी, ७ असोज
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दुई बर्ष भित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं बार्षिक साधारण सभा तथा विशेष अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठनागरिकलाई सार्वजनिक यातायातमा सुविधा सहित निशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताउनुभयो ।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस बर्षमा बृद्धभत्तामा केही बृद्धि गरेपनि लक्ष्यमा पुग्न नसकेको उहाँको भनाई छ ।
जेष्ठनागरिकले प्राप्त गर्ने सेवा सुविधामा् वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा जोड दिंदै प्रदेश सभा सदस्य थापाले सामाजिक सुरक्षाका हरेक बिषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राख्नुभयो ।
तीनै तहका सरकारले सामाजिक न्याय सहितको विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन भने समय लाग्ने बताउनुभयो ।
असहाय जेष्ठनागरिकलाई पोखरा वृद्धाश्रमले पु¥याउदै आएको सहयोग प्रसंशायोग्य रहेको बताउँदै उहाँले बृद्धाश्रमको भौतिक पूर्वाधार विकासका लागि आप्mनो तर्पmवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताहरुको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
आगामी दिनमा आश्रमको सु—सञ्चालनका लागि दिर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंंदै समाजका विपन्न एवम् असहाय जेष्ठनागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिर लगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उहाँको जोड थियो ।
नेकपा १७ अध्यक्ष सभाष ढुङ्गाना, नेपाली कांग्रेसका सभापति देवराज आचार्य, जनता समाजवादीका टिकाराम पौडेल लगायतले असहाय जेष्ठनागरिकको सहयोगका लागि आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण र विकासका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
उक्त अवसरमा पोखरा १६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरि रु.२५ हजार प्रदान गर्नुभएको थियो । कोषमा हालसम्म ६० लाख भन्दा बढी रकम संकलन भएको छ भने पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ ।
बिभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतर रहेको वृद्धाश्रम सञ्चालनमा मासिक सात लाख ५० हजार रुपैया खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बरावरको बार्षिक आयव्यय तथा सहसचिव दिपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।