बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी
पोखरा १५, वैशाख
बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो ।
नारायणगंज क्लबको जितमा मेदी हसन९तोपु० ले ४ गोल र जाकीर हुसेनले एक गोल गर्नु भएको थियो । संघको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गर्नु भयो । पहिलो हापमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि दोश्रो हातमा संघको राम्रो तालमेल मिल्न नसक्दा ५ गोलको सामाना गर्नु पर्यो ।
प्रतियोगितामा सहभागिहरुलाई पोखराका मेयर धनराज आचार्य, संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले मेडल सहित मायाको चिनो हस्तान्तरण गर्नु भयो । यस अघि, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले रेफ्रि शुसिल केसीलाई वल हस्तान्तरण गरी उक्त खेलको उद्घाटन गर्नु भएको थियो ।संघको तर्फबाट महिला पत्रकार राधिका कडेंल समेत मैदानमा उत्रिनु भएको थियो ।
यसैबिच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई शुक्रबार पोखरामा नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन कावासरको नेतृत्वमा बंगलादेशबाट फोटो पत्रकार सहितको टोली नेपाल आएको क्लवले जनाएको छ ।
शुक्रबारको स्वागत कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा प्रकृति, संस्कृति र सहासिक खेलकुदको केन्द्र नै रहेको दाबी गर्नु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणासंगै यस्ता कार्यक्रम हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने उहाँले दाबी गर्नु भयो ।
फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको बंगलादेशबाट सहभागि मोहमद हुसेनले बताउनु भयो । यसैबिच, विहिबार काठमाण्डौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे नेपाल० लाई ५–३ गोलले पराजित गरेको थियो । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा उक्त मैत्रिपूर्ण फुटवल खेल भएको हो ।
पोखरा, २७ जेठ । कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा...
Read More
पोखरा, १० पुष । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो...
Read More
काठमाडौँ ,११ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको...
Read More
२९ साउन,पोखरा हिन्दुहरुले आजको दिनसरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका...
Read More