भाद्र ९ गते २०७८
पौडेल समूहको बैठक , सर्वसम्मत नेतृत्वको खोजी
काठमाडौं, ९ भदौ ।
नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा। शेखर कोइराला, बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।