माघ १६ गते २०७९
१२ वटा कम्पनी कालोसूचीमा
काठमाडौं, १६माघ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना निकालेर विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमूल काठमाण्डौ, कुमार भण्डारी मुख्य व्यक्ति रहेको श्री स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि भिङ्ग्री प्युठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको श्री सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको श्री एसडी कन्स्ट्रक्सन जनकपुरधाम धनुषा छन् । त्यसैगरी राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरा, मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी प्रालि टोखा धापासी, लक्ष्मी निर्माण सेवा छत्रदेव अर्घाखाँची, जलेश्वर निर्माण सेवा नीलकण्ठ धादिङ, डीभी घिमिरे कन्स्ट्रक्सन इच्छाकामना, कुरिनटार, अञ्जना निर्माण सेवा भरतपुर चितवन छन् । कार्यालयका अनुसार दिल्ली ट्रेडिङ वीरगञ्ज पर्सा र शिवहरि पुडासैनी मुख्यव्यक्ति रहेको बी म्यानेजमेन्ट प्रालि नयाँ बजार पोखरा छन् । कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।