पोखरा,जेठ
हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ बस्ती , एकै खालका रङ पोतिएका एकनासे घर, ढुङ्गाको छाना, आँगन र बाटो पनि ढुङ्गाकै कला झल्काउने झ्यालढोका मनमोहक चिया बारी,बौद्ध गुम्बा, गाउँले परिवेश ल्वाङ गाउँका आकर्षण रहेका छन् । सहरको कोलाहलबाट केही छिनभरमै पुग्न सकिने ल्वाङ गाउँ ग्रामीण पर्यटनको केन्द्र बनेको छ ।
विसं २०६७ मा घरबास (होमस्टे) सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको छ । सुरुमा सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एक रातमा करिव चार सयसम्म पाहुना राख्ने क्षमता रहेको छ । प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको स्थानीय संचालक बताउँछन् । यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको संख्या केही घटेको छ, पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त रहेको छ ।
समुद्री सतहदेखि १४०० मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुछ्रे अन्नपूर्णलगायत हिमाली दृश्य देखिने साथै सूर्योदयको दृश्य लोभलाग्दो देखिन्छ ।
‘बाहिरबाट आउने पाहुनालाई सांस्कृतिक कार्यक्रम मार्फत गुरुङ संस्कृति र संस्कारहरु देखाउने रैथाने खानाको स्वाद चखाउने,निगालोबाट बन्ने डोको, स्याखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिन्छ ।
प्राय शुक्रबार र शनिवार ल्वाङमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ भने बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ। ल्वाङ गाउँको अको सौन्दर्य तथा नगदे बालीका रुपमा परिचित चिया यहाँको अको ब्राण्डका रुपमा लिने गरिन्छ। गाउँको सिरानमा रहेको चियाबारी एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ। चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३÷०५४ तिर चिया रोपिएको थियो। ल्वाङ्ग पुग्ने पर्यटकहरु चिया बगानको अवलोकन गर्न पुगेकै हुन्छन् । बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ। खना बाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एक छाक सादा खाना र एक छाक खाना मासु हुन्छ ।
पर्यटकिय सम्भावना बोकेको यस गाउँको नजिकै आकर्षक पर्यटकीय स्थल तथा एड्भेन्चरकालागि ‘पोखरा क्यानोनिङ’ संचालनमा रहेको छ । यहाँ वाट एक आधा घण्टामै रमणीय घलेल गाउँ, सैंतिघट्टा , कोलेली, सिधिङ्ग लगायतका ठाउँमा पुग्न सकिन्छ । वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो । गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले यस क्षेत्रलार्ई राज्ने गरेको कुरा माछापुच्छ«े गाउँ पालिका वडा नं ८ का अध्यक्ष राम गुरुङ्ग बताउँछन । यसैगरि केही समयको यात्रामै सैंतिघट्टा पुग्न सकिन्छ जहां ट्राउट माछाका साथै मर्दीका असला माछा पाइने कुरा माछापुच्छ«े रेन्बो ट्राउट रेष्टुरेण्टका संचालक भक्त गुरुङ्गले बताए ।
पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ। मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाको मिलनचोकबाट खानेपानी, भेँडाबारी, खोरामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ भने पछिल्लो समय अन्त्यन्तै चर्चित ठाउँ मर्दी हिमाल ट्रेक यसै गाउँ हुंदै पुग्न सकिन्छ ।
पोखरा ६, फागुन गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा...
Read More
पुष १७,पोखरापोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का...
Read More
काठमाडौँ, १० जेठ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले...
Read More
काठमाडौं, २९ पुस । नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी...
Read More