श्रावण ३ गते २०७८
प्रधानमन्त्रिले आजै बिश्वासको मत लिने
३ साउन ,काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ । सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ । जसमा दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरिएको छ ।
संविधानको धारा ७६ (५)अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन् ।