श्रावण ३२ गते २०७८
अफगानिस्तान बाट ३३० नेपालीको उद्धार ,४३७ जना प्रतीक्षारत
काठमाडौं ,३२ साउन । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।
विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागलाई ३३० जना श्रमिकलाई उनीहरु कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी सोमबार दिउँसो दिएका छन् । विभागका एक अधिकारीहरु अनुसार दिउँसोसम्म ४३७ जना नेपाली काबुलको अन्तर्राष्ट्रिय एयरपोर्टमा उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको जानकारी ती म्यानपावर कम्पनीले दिएका छन् । सरकारले सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भर्ने पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जना नेपाली पनि सम्पर्कमा आएका छन् ।