भाद्र १२ गते २०७८

खोप नलगाएका ९७ प्रतिशतमा डेल्टा भेरिएन्ट पुष्टि

काठमाडौं, १२ भदौ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरिएन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ । यसैबीच, बेलायतमा यसैसाता गरिएको एक सोधमा कोरोनाको अल्फा र केन्टभन्दा डेल्टा प्रजातिबाट संक्रमित हुने बिरामीलाई दुईपटक अस्पताल भर्ना गर्नुपर्ने परिस्थिती देखिएको बीबीसीले जनाएको छ ।