श्रावण ३१ गते २०८०
कार्यसमिति सदस्य पदमा तिवारीको उमेदवारी
लेखनाथ
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औ महाधिवेशनमा युवा ब्यबसायी जनकराज तिवारीले कार्यसमिति सदस्य पदमा उमेदवारी दिने भएका छन्।
२०६२ साल देखि भिडियो तथा फोटोग्राफर मार्फत ब्यबसायिक जीवन सुरु गरेका तिवारीले संघमा विभिन्न उमसमितिमा रहेर काम गरेको अनुभव बटुलेका छन्।
फोटोग्राफर संघ कास्कीका पुर्व अध्यक्ष समेत रहेका उनि लेखनाथ जेसिजको उपाध्यक्ष तथा बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रही योगदान गरेका छन्।
साना तथा सेवा मुलक ब्यबसायीको पिर मर्का राम्रो संग बुझेका तिवारीले व्यवसायीको नेता भएर उनीहरुको आवाजलाई सरोकार वाला समक्ष पुर्याउन भूमिका खेल्ने बताए। नयाँ ब्यबसायी हरुलाई ब्यबसाय दर्ता गर्न देखि कर शिक्षाको जानकारी, सेवा मुलक ब्यबसायको मुल्यमा एकरुपता कायम गर्न पहल लगायतका काम गर्ने उदेश्य रहेको उनि बताउछन।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।