चैत्र २१ गते २०७७
आयोजक सहारा क्लब लाई हराउँदै एपिएफ सेमिफाइनलमा
पोखरा, २१ चैत ।
पोखरामा आज बाट सुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफ क्लब १–० गोलले बिजयी भएको हो । आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ । चैत २३ गते संकटा र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र चैत २४ गते रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । चैत २५ र २६ गते सेमिफाइनल र चैत २८ गते फाइनल हुने आयोजक क्लबले जनाएको छ ।