जेठ ३० गते २०८०
फेवा किनाराका सिमसार क्षेत्रका प्लटिङमा चल्यो डोजर
३० जेष्ठ ,पोखरा
पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले डोजर चलाएको हो । जग्गा ब्यवसायीहरुले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर सिमसार पुरेर अनधिकृत आवासीय संरचना बनाएपछि महानगरले डोजर चलाएको हो । उनिहरुले कृषि प्रयोजनमा प्रयोग गर्न भन्दै २ दिनका लागि महानगरबाट अनुमति लिएर सिमसार क्षेत्र पुरेर प्लटिङ गरेका थिए । विश्व रामसार सूचिकृत फेवा सिमसार क्षेत्र पछिल्लो समय जग्गा व्यवसायीले प्रति जग्गा ४ देखि ५ लाख रुपैयाँसम्म लिएर सिमसार पुर्ने काम गरिरहेका छन् भने फेवाताल छेउछाउमा रेष्टुरेण्ट तथा बिचहरु खोलिएका छन्।
तर पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा मात्र डोजर चलाइएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए ।सिमसार क्षेत्रमा माटो भरिएका सवै क्षेत्रमा डोजर चलाउने उनले बताए । फेवा फाँटमा प्लटिङ गरीरन थाले पछि त्यस क्षेत्रमा खेती गर्दै आएका जमिनहरु हिलोको दलदल बनेर खेती गर्ने अवस्था नभएको भन्दै स्थानियले महानगरमै पुगेर नाराजुलुस र धर्ना समेत दिएका थिए उनीहरुले साँधमा माटो भरेर प्लटिङमा गरिएपछि आफ्नो खेति गर्दै आएको जमिनमा खेती गर्ने अवस्था नभएकाले पुर्न स्विकृति दिन महानगरसँग आग्रह समेत गरेका थिए ।
पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा भने फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ । यही नजिरका आधारमा भुमाफिया र केही शक्तिकेन्द्रका आडमा बसेकाले सिमसार पुर्न चलखेल गरेको सरोकार नागरिकहरु बताउछन ।