पौष १४ गते २०७८

पोखरा सहित गण्डकी प्रदेशमा शुक्रबारसम्म पानी पर्ने सम्भावना, उच्च हिमाली भेगमा हिउ पर्यो

पोखरा १४, पुष ।

पोखरा सहित देशका अधिकाशं ठाउँमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण हल्का बर्षा भएको छ । मंगलबार बेलुका देखि हल्का सुरु भएको बर्षा आगामी शुक्रबारसम्म पोखरा, गण्डकी प्रदेश सहित देशका केही भागमा हल्का बर्षा हुने सम्भावना रहेको मौसम विभाग फिल्ड कार्यालय पोखराकी मेजर अब्जवर भुमा गुरुङले बताइन्।

उनका अनुसार हाल देश भरका अधिकांश ठाँउमा हल्का बर्षा उच्च पहाडी तथा हिमाली भूभागका केही ठाँउमा भने हल्का हिउ परेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज ६.५ मिलिमिटर पानी परेको मेजर अब्जवर गुरुङले बताइन्। विहिबारसम्म देशका अधिकांश ठाउँमा हल्का बर्षा हुने सम्भावना रहेको हुदा उच्च सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन्।

बुधबार बिहानै देखि वर्षासंगै चिसो भएको महशुस गरिएको छ भने पोखरामा आज बिहान १२ डिग्रि सियल्सियस तापक्रम रहेको थियो । यस बर्षको हिउदको समयमा पहिलो पटक परेको पानीको कारण हवाई उडान, केही ठाँउमा यातायात सेवा प्रभावित भएको छ । बुधबार देखि पोखरा क्षेत्रमा समेत पानी परेकोले बजारमा चहल पहल कम देखिएको छ भने केही ठाँउमा आगो ताप्दै बसेको देखिएको छ ।

ब्ततबअजmभलतक बचभब