चैत्र २७ गते २०७८

ओली प्रबृत्तिको अन्तका लागी गठबन्धनः गुरुङ


चैत २६,पोखरा
नेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक बखानसिंह गुरुङ आभासले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबाट देशलाई जोगाउन र संविधानको रक्षाका लागि गठवन्धन बनेको बताए । संयोजक गुरुङले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने स्पष्ट पारे ।
नेकपा माओवादी केन्द्र, धादिङ९पोखरा जनसम्पर्क मञ्चले पोखरामा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा संयोजक गुरुङले बताएका हुन् ।
पार्टीको आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने जोड दिंदै गुरुङले आगामी निर्वाचनमा सक्रियतापूर्वक लाग्न उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीले अवलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा संघर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उनले उल्लेख गरे ।

नेकपा एमाले धादिङ९पोखरा सम्पर्क मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताए । उनले कम्युनिष्टहरु एकतावद्ध हुन सकेमात्रै मुलुकमा समृद्धि हासिल हुने बताए ।

नेपाली कांग्रेस धादिङ९पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकले धादिङवासीको दुःखमा सबै एकतावद्ध हुनुपर्ने खाँचो औंल्याए । उनले धादिङवासीका दुःखमा राजनीतिक पूर्वाग्रह राख्न नहुने बताए ।
मञ्चका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण धरेल धादिङ्ग सम्पर्क समाजका पूर्व अध्यक्ष युवराज खतिवडा,बर्तमान अध्यक्ष गोकण लम्साल,बुद्धिजिवि रामकृष्ण दुवाडी र सचिव राजु पाण्डे ले बोलेका थिए ।

उक्त अवसरमा मोहन प्रसाद थपलियाको नेतृत्वमा ११ सदस्यिय पार्टीको त्रिपुरासुन्दरी गाउँपालिका कमिटी र नरबहादुर अधिकारीको संयोजकत्वमा सिद्धलेखक गाउँपालिका कमिटी गठन गरिएको सचिव पाण्डेले जानकारी दिए ।