प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग पुगे

5 years ago Samaya Dristi 0
काठमाडौं, २० माघ । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने थप समाचार

सेनाका बख्तरबन्द गाडी चक्रपथ घुमाइयो

5 years ago Samaya Dristi 0
काठमाडौं, २० माघ । काठमाडौं( नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको २७ किलोमिटरभन्दा लामो चक्रपथ परिक्रमा गरेका छन्। सोमबार राति १० बजेपछि सडकमा बख्तबन्द गाडीको ट्रायल गरिएको हो। हतियारसहितका बख्तरबन्द गाडी कुदाइएको थियो। सेनाले गाडी सडकमा निकाल्नुअघि नै सर्वसाधारणलाई जानकारी दिएको थियो। जानकारी नदिई बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकमा नकारात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना थप समाचार

प्रधानमन्त्री ओलीद्धारा बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं, २० माघ । बुधवारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ । यसअघि बुधबार बिहान ११ बजे बोलाइएको बैठक पछि सोही दिन साँझ ५ बजेलाई सारिएको बताइएको थियो । तर अब अर्को सूचना नभएसम्मका लागि उक्त स्थगित गरिएको जनाइएको छ । बैठक बोलाउनु र स्थगित गर्नुको कारण केही खुलाइएको थप समाचार

लामो समय पछि चलचित्र निर्माणमा करिश्माको कमव्याक

5 years ago Samaya Dristi 0
पोस्टरमा उल्लेख भए अनुसार फिल्मले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् । खनालले फिल्मको कथावस्तु र आफ्नो भूमिका असाध्धै मन परेका कारण काम गर्नका लागि स्वीकृति जनाएको फिल्मीखबरलाई बताए । फिल्मको कथा सुशील क्षेत्रीले तयार पारेका हुन् थप समाचार

‘सिनेमा घर गोल्ड’ मा फिल्म हेर्दा १० प्रतिशत क्यासब्याक

5 years ago Samaya Dristi 0
‘सिनेमा घर गोल्ड’ मा उपलब्ध फिल्म वा अन्य भिडियो सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा दर्शकले १० प्रतिशत क्यासब्याक पाउने एपका सञ्चालक खगेन्द्रले बताए । यसले एपप्रति दर्शकको आकर्षण बढ्ने विश्वास लिइएको छ । एउटै टिकटमा १८ वटासम्म नेपाली फिल्म हेर्न मिल्ने सुविधा उपलब्ध गराएको एपमा फिल्मको पाइरेसी रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ । थप समाचार

प्रधानमन्त्री ओली भन्छन् वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर सर्दैन

5 years ago Samaya Dristi 0
ढल्केबरमा विद्युत सबस्टेशनको सोमबार उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो थप समाचार

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

5 years ago Samaya Dristi 0
पोखरा, १९ माघ । पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रा.लि.ले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देबघाटधाम तीर्थयात्रा गराएको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिनुभयो । यस अघि संस्था स्थापनाको पहिलो थप समाचार

अर्मला कोटमा कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न

5 years ago Samaya Dristi 0
पोखरा,१९ माघ । पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १६ को आयोजनामा अर्मला कोटका महिलाहरुलाई लक्षित गरी महिला शसक्तिकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त सचेतना कार्यक्रम पश्चात होम स्टे सञ्चालन गर्ने अर्मलाका करिव ३० थप समाचार

‘मिजास एमेचुअर’ फुटसलको उपाधि स्पोर्टस् क्यासललाई

5 years ago Samaya Dristi 0
पोखरा,१९ माघ । आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १÷१ गोलको योगदान दिए । उपाधिसँगै थप समाचार

सर्वोच्चमा नेकपा अध्यक्ष प्रचण्डविरूद्ध अपहेलना मुद्दा दर्ता

5 years ago Samaya Dristi 0
काठमाडौँ, १९ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी थप समाचार