माघ २० गते २०७७

सेनाका बख्तरबन्द गाडी चक्रपथ घुमाइयो

काठमाडौं, २० माघ । काठमाडौं( नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको २७ किलोमिटरभन्दा लामो चक्रपथ परिक्रमा गरेका छन्। सोमबार राति १० बजेपछि सडकमा बख्तबन्द गाडीको ट्रायल गरिएको हो। हतियारसहितका बख्तरबन्द गाडी कुदाइएको थियो।

सेनाले गाडी सडकमा निकाल्नुअघि नै सर्वसाधारणलाई जानकारी दिएको थियो। जानकारी नदिई बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकमा नकारात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना दिइएको सेनाको भनाइ छ।

नेपाली सेनाले भने यसलाई नियमित अभ्यास भनेको छ। लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास नगरेकाले ती गाडीको अवस्था परीक्षण गर्न मात्र सडकमा गुडाइएको बताइएको छ।

काठमाडौं, २० माघ ।

नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको २७ किलोमिटरभन्दा लामो चक्रपथ परिक्रमा गरेका छन्। सोमबार राति १० बजेपछि सडकमा बख्तबन्द गाडीको ट्रायल गरिएको हो। हतियारसहितका बख्तरबन्द गाडी कुदाइएको थियो। सेनाले गाडी सडकमा निकाल्नुअघि नै सर्वसाधारणलाई जानकारी दिएको थियो। जानकारी नदिई बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकमा नकारात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना दिइएको सेनाको भनाइ छ।

नेपाली सेनाले भने यसलाई नियमित अभ्यास भनेको छ। लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास नगरेकाले ती गाडीको अवस्था परीक्षण गर्न मात्र सडकमा गुडाइएको बताइएको छ।