चैत्र १६ गते २०७८

पोखरामा पत्रकार दिवश मनाइयो

नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवशको उपलक्ष्यमा आज पत्रकार महासंघ कास्कीको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम भयो । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा पोखरेली पत्रकार सन्तोष पोख्रेलले महामारीमा पत्रकारीता बिषयक समसामहिक कार्यपत्र पस्तुत गरेका थिए । पोखरा क्षेत्रमा सक्रिय पत्रकारिता गर्ने भूपू तथा बर्तमान पत्रकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा पत्रकार रबिना आलेलाई मिना सिर्जनशिल समाबेशी पत्रकारिताबाट सन्मानित गरिएको थियो । गण्डकी प्रदेश सञ्चार मन्त्री बिन्दु कुमार थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पत्रकारिताका चुनौती र वर्तमान अवस्थाका बारे वरिष्ठ पत्रकार बद्रि बिनोद प्रतिक लगायतका धेरै बक्ताहरुले आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको थियो भने संघका सचिव माधव बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।