मंसिर १५ गते २०७९

स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता

पोखरा,१५ मंसिर । रातिबाट शुरु भएको स्याङ्जा (२ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् ।

 

अर्यालले २हजार ३०४मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।

स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।

स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।