वैशाख १४ गते २०८१
देशभरि सुख्खा खडेरी, पोखरामा खानेपानीको हाहाकार, दैनिक ३ करोड ७० लाख लिटर पानीको अभाव
कमल पौडेल अथक
पोखरा १४, बैशाख
लामो समयसम्म आकाशवाट पानी नपर्दा देशभरि खडेरी परेको छ । देशकै सवै भन्दा बढी पानी पर्ने पोखरामा पनि लामो समयसम्म पानी नपर्दा यहाँ पानीको हाहाकार भएको हो ।
विहीवार नेपाल खानेपानी संस्थान पोखरा कार्यालयमा पुग्दा त्यहाँ आफ्नो टोलमा पानी नआएको धेरै भयो भन्दै गुनासो गर्नेहरु भेटिए । उनीहरुले पानी नहुँदा खानेपानी किनेर खाएको तर नुहाउन र पशु चौपायालाई खुवाउने पानी नभएको वताए ।
अझ कतिले त खानेपानीका कर्मचारीले पानी वितरणमा ध्यान नदिएको भन्दै कार्यालयका कर्मचारीहरु सँग झर्किए । पोखराको न्यूरोड क्षेत्रमा पानी नआएको झण्डै १ महिना भएको स्थानीय श्रीधर पराजुलीले बताए ।
यस्तै पोखराको लेकसाइड क्षेत्रमा पनि धारामा पानी नआएको स्थानीय मेखवहादुर खत्रीले वताए । पोखराको प्रस्र्याङ क्षेत्रमा पनि धारामा पानी नआएको धेरै समय भएको स्थानीयले वताएका छन् ।
मालेपाटन क्षेत्रमा पनि पानी नआएको धेरै भएको स्थानीय हीमलाल त्रिपाठीले गुनासो गरे । धेरैपटक पानीको वारेमा गुनासो गरियो तर कसैले सुन्दैन के भएको हो यस्तो उनले भने । पोखराको चिप्लेढुंगा, गणेशटोल, मालेपाटन, मासवार, विरौटा, मुस्ताङचोक, ड्यामसाइड, एयरपोर्ट, रामवजार र फूलवारी क्षेत्रमा पनि पानीको हाहाकार रहेको स्थानीयले जानकारी दिएका छन् ।
तर वास्तवमा पोखरामा पानीका मुल खडेरीले सुकेपछि खानेपानीको झन् हाहाकार भएको खानेपानीका कर्मचारीहरु वताउँछन् । केही हदसम्म कर्मचारीको यो कुरा सत्य भएपनि संस्थानको तर्फवाट निगरानी र नियमन नहुँदा कतै पानी वढी पोखिने त कतै पानी धारोमा नचढ्ने हुँदा यो समस्या आएको नागरिकको वुझाइ छ ।
पोखराको पानीका श्रोतका रुपमा रहेका कालीमुढा, भोटीखोला र वालधारामा पानी सुकेको छ । पोखराले अहिले आपूर्ति गरेको पानी मर्दीको मात्र रहेको छ । अव मर्दीमा पनि दिनप्रतिदिन पानीको सतह घटिरहेको छ यसले गर्दा झन् समस्या आउने सरोकारवालाको दावी छ ।
अझै केही दिन पानी नपर्ने हो भने पानीको अवस्था विकराल हुने सरोकारवालाको भनाइ छ ।
मर्दीखोलावाट १६ र २० इन्चीको पाइप मार्फत दैनिक ४ करोड लिटर पानी आउने गरेको छ । पोखरामा पानीको माग दैनिक ८ करोड लिटर रहेको छ । पोखराका १४ वटा डीप वोरिङ मार्फत १ करोड ३० लाख लिटर पानी दिनहुँ आपूर्ति भएपनि पोखरालाई आवस्यक पर्ने पानी अभाव नै छ ।
हाल पोखरामा दिनहुँ झण्डै ३ करोड ७० लाख लिटर पानी अभाव रहेको छ ।
पोखरालाई आवस्यक पर्ने पानी अझै राम्रो सँग व्यवस्थित गर्ने हो भने मर्दी खोलावाट थप २ वटा २० इन्चीका पाइप मार्फत पानी ल्याउनु पर्ने नेपाल खानेपानी संस्थान पोखराका सूचना अधिकारी प्रकाश सिलवालले बताए । नेपाल खानेपानी संस्थान पोखरा शाखाका नियमित ग्राहक ५० हजार भन्दा बढी रहेको उनले वताए । हामीले अहिलेदेखि नै थप पाइप मार्फत पानी ल्याउने योजना बनाएनौं भने आगामी केही वर्षमा पोखरामा झन् बढी पानीको हाहाकार हुने सिलवालको भनाइ छ ।
पोखरामा जापानिज सहयोग नियोग जाइकाले गत १ वर्षदेखि खानेपानीको पाइप विस्तार गरिरहेको छ । यो पाइप विस्तार भईसकेपछि पुराना पाइप विस्थापित गर्ने योजनामा खानेपानी संस्थानले जनाएको छ ।
कतिपयले पानीको धारा खुल्लै छोड्ने, तरकारीबारीमा पानी लगाउने गर्दा पानीको झन् अभाव भएको हुन गएको जानकारहरु वताउँछन् । पोखराका मानिस एकलकाटे स्वभावका छन् अहिले एक गिलाँस खानेपानी माग्दा पनि नदिने स्वार्थी वनेका छन् । पानीको दूरुपयोग पनि तिनले नै वढी गरेका छन् खानेपानी कार्यालय श्रोतले भन्यो ।
एक त खडेरीले खानेपानीका श्रोत सुक्नु अर्कोतिर केही मानिसले पानीको दूरुपयोग गर्दा समेत खानेपानी संस्थानले अनुगमन गरी कारवाही गर्न नसक्नु नै पोखरामा खानेपानी अभावको प्रमुख कारण भएको नागरिकको गुनासो छ ।
एकातिर धारामा पानी आउँदैन, अर्कोतिर खानेपानीको मिटर र आपूर्ति महसुल झन् वढी वुझाउनु परेको उनीहरुले वताए । धारामा पानी नआएपछि त विल झन् थोरै आउनु पर्ने तर जव पानी आउँदैन तव पानी महसुल शुल्क झन् बढी आउँछ यो के हो ? सेवाग्राहीले गुनासो गरे ।