माघ १९ गते २०७७

‘मिजास एमेचुअर’ फुटसलको उपाधि स्पोर्टस् क्यासललाई

पोखरा,१९ माघ ।

आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १÷१ गोलको योगदान दिए ।

उपाधिसँगै टिम क्यासलले शिल्ड, मेडल सहित नगद रु २० हजार प्राप्त गर्याे । भने उपबिजेता टिम सिमपानी एफसीले शिल्ड, मेडल सहित नगद रु १० हजारमा चित्त बुझायो । कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्बाेत्कृष्ट खेलाडीका रुपमा ट्रफीबाट पुरस्कृत बने भने उपबिजेता टिमका गोलरक्षक विपिन भण्डारी उत्कृष्ट गोलरक्षकको पुरस्कारको हकदार बने ।

आगामी माघ २४ गते सोही स्थानमा स्पोर्टस् क्यासल प्रालिले उदीयमान खेलाडीलाई लक्षित गरि ‘प्रथम एमेचुअर क्यासल कप फाईभ ए साईड फुटसल प्रतियोगिता २०७७’ आयोजना गर्दैछ ।