फागुन ३ गते २०८०
एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण कार्यक्रममा किशोरावस्थामा घरको वातावरण बिर्सेर आफ्ना रुचिका पछाडि दौडने विद्यार्थीलाई घरपरिवारको दुःख एवम् मिहिनेतको मूल्य बुझाउन प्रस्तुति गरिएको थियो । विभिन्न हृदयस्पर्शी श्रव्यदृश्य सामग्रीसमेतको प्रयोग गर्दै भएको प्रस्तुतीले समग्र बिद्यार्थी तथा उपस्थित शिक्षक, अभिभावकहरुमा समेत भावुकता श्रृजना गरेको थियो । परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउन र विद्यार्थीलाई बोर्ड परीक्षामा मर्यादित तवरले प्रस्तुत हुन विशेष योगदान दिने उदेश्यले यो कार्यक्रम राखिएको थियो । यस प्रकारका विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पढाइको महत्त्व, पढाइसँग परीक्षाको सम्बन्धलाई विभिन्न चरणमा प्रस्तुत गरिनुको साथै व्यक्तिको क्षमता विकासमा समाजका विभिन्न पक्षहरू बारे प्रर्दशन गरिएको थियो । नेसनल प्याब्सन, कास्कीअन्तर्गतका विद्यालयहरूमा कक्षा दसमा अध्ययनरत करिब १२०० एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थी र विद्यार्थीसँगै उपस्थित करिब डेड सय जना शिक्षक एवम् सञ्चालकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम नेसनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष एवम् यस कार्यक्रमका संयोजक मनकाजी गुरुङले गरेका थिए ।
कार्यक्रमका सभापति नेसनल प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले देशको शिक्षाको गुणस्तर कायम गर्न निजी शिक्षण संस्थाहरूको विशेष भूमिका रहेको बताए । साथै उनले यस कार्यक्रमले विद्यार्थीहरूमा विशेष ऊर्जा मिलेको कुरामा आफू विश्वस्त रहेको पनि उल्लेख गरे । सो अवसरमा उनले आगामी एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई संस्थाको तर्फबाट जनही ५०÷५० हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे ।