असाेज ७ गते २०७६

फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ ।

मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् । यससँगै मेम्सीले फिफा अवार्ड सर्वाधिक जित्ने खेलाडीको नयाँ किर्तिमान पनि रचेका छन् । छैटौं पटक अवार्ड जितेका मेस्सीले यसअघि रोनाल्डोसँगै पाँच पटक यस अवार्ड जितेका थिए । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए ।