माघ १९ गते २०७७
प्रधानमन्त्री ओली भन्छन् वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर सर्दैन
पोखरा, १९ माघ । वैशाखमा हुने भनिएको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।
ढल्केबरमा विद्युत सबस्टेशनको सोमबार उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’